पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने गरी अघि बढेको जानकारी दिएका छन् ।

मेलमिलाप दिवसको शुभकामना दिँदै उनले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।

‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने काँग्रेस बनाउनु नै आजको लागि प्रत्येक काँग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते