डडेल्धुरामा मनाइँयो प्रथम च्याउ दिवस

कृषि ज्ञान केन्द्रको कार्यालयमा मनाईएको प्रथम च्याउ दिवस कार्याक्रमका सहभागीहरु । तस्बिरः सम्झना पाण्डेय

जंगली जनावार बँदेल र बादरले अन्नवाली सखाप पारेर हैरान भएका किसानलाई च्याउ खेती बरदान हुने सम्भावना देखिएको छ । पछिल्ला वर्षहरुमा व्यवसायीक रुपमा च्याउ खेती तर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांक छ । डडेल्धुरामा उत्पादिन च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासंगै तराईका जिल्ला कैलाली, कञ्चनपुर निर्यात गरिदा किसानले मनग्य आम्दानी गर्न सफल भएका छन ।

मनग्य आम्दानी गर्दै किसान

बुधबार कृषि ज्ञान केन्द्रको कार्यालय किर्तिपुरमा मनाईएको प्रथम च्याउ दिवस कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले जंगली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको बताए । थोरै जमिनमा टर्नेल निर्माण गरि राम्रो उत्पादनसंगै मनग्य आम्दानी गर्न सकिने भएकाले जंगली जनारको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाई थियो । हाल नेपालका ७० वटा जिल्लामा च्याउको व्यवसायीक खेती गरिदै आएको र वार्षिक १४ हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्यांक रहेको उनले बताए ।

केही वर्ष यता डडेल्धुराका ११ जना किसानले च्याउको व्यवसायीक उत्पादन गर्दै आईरहेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा वार्षिक ६ हजार ७०० किलोग्राम च्याउ उत्पादन हुने गरेको छ । बजारको समस्या नहुने भएकाले च्याउ खेती तर्फ किसानको आकर्षण बढ्दै गएको उनले बताए । प्रतिकेजी ४०० रुपियाँसम्म किसानले पाउने भएकाले आम्दानीको राम्रो श्रोत च्याउ बन्दै गएको उनको भनाई छ ।

हाल डडेल्धुरामा ठूलो मात्रामा कन्ये प्रजाती र केही मात्रामा सिताके प्रजातीको च्याउ उत्पादन भईरहेको उनले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा अन्य स्थानमा व्यवसायीक रुपमा उत्पादन हुदै आएका सबै प्रजातीका च्याउ उत्पादन गर्न सकिन्छ ।

च्याउ खेतीको प्रवद्र्धका लागि केही दिन अधि नेपाल सरकारले दिवस मनाउने निर्णय गरि राजपत्रमा सुचना जारी गरे पछि प्रथम च्याउ दिवस मनाईएको उनले जानकारी दिए । च्याउमा भिटामिन बी, डी, प्रोटिन, फाईबर, फलाम, पोटासियम, जिंक, सेलेनियमसंगै रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले च्याउ प्रवद्र्धनका लागि दिवस मनाउन थालिएको उनको भनाई छ । च्याउ चाडो बढ्ने भएकाले थोरै समयमा उत्पादन गरि आम्दानी लिन सकिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोईराले डडेल्धुरा जिल्ला सदरमुकाममा हाट बजारको व्यवस्था नहुुदा स्थानीय उत्पादन सहजै पाउन मुस्किल भएको बताए । उनले कृषि हाट बजारको व्यवस्थापका लागि जिल्ला समन्वय प्रमुख, कृषि ज्ञान केद्र र स्थानीय सरकारलाई आग्रह गरे । सुदूरपश्चिका पहाडी जिल्लाहरु लाई फलफूल र तरकारी उत्पादनको केद्र बनाउनु पर्नेमा उनले जोड दिए । उत्पादन बृद्धि गरि रोजगारी सिर्जना गर्नु पर्ने उनको भनाई थियो ।

गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा व्यवसायीक तरकारी खेती गर्दै आईरहेका किसान प्रसाद अवस्थीले गत वर्ष मात्रै ९० कुन्टल च्याउ बिक्रि गरेको बताए । डडेल्धुरामा १० कुन्टल मात्रै बिक्रि भएको र बाँकी सबै च्याउ कैलाली पाठएको उनले बताए ।

नौ वटा टर्नेलबाट उक्त मात्रामा च्याउ उत्पादन गरि कैलालीको अत्तिरिया पठाएको उनले जानकारी दिए । च्याउ खेती गर्न एक लाख रुपैयाँ लगानी गरे तीन लाखसम्म आम्दानी गर्न सकिने उनको भनाई थियो । उनका अनुसार गर्मीयाममा तराईका जिल्लामा च्याउ उत्पादन नहुने भएकाले डडेल्धुराको च्याउले राम्रो मूल्य पाउछ । गत वर्ष बारीमै प्रतिकेजी ३०० रुपैयाँ मूल्य पाएको किसान अवस्थीले बताए । प्रति कुन्टल २५ हजार देखि ३० हजार रुपैयाँ मूल्य पाउदा गत वर्ष राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

यस्तै अमरगढी नगरपालिका २ मौरडा गाउँमा च्याउखेती गर्दै आईरहेका किसान खेमराज अवस्थीका १३ वटा टर्नेल रहेका छन । उनको फार्ममा हरेक वर्ष २० हजार केजी च्याउ उत्पादन हुन्छ । वार्षिक च्याउको मूल्य ४० लाख रुपैयाँसम्म पुग्ने उनले बताए । यहाँ उत्पादिन च्याउ बैतडी, बझाङ, डोटी, कैलाली र कञ्चनपुरसम्म निर्यात गरिरहेको उनको भनाई छ ।

जोशीले च्याउको बीउसमेत उत्पादन गर्दै आईरहेका छन । उनले वार्षिक रूपमा दुई सय ग्रामका ५० हजार प्याकेट च्याउको बीउ बिक्री गर्दै आईरहेको बताए । बीउबाट मात्रै जोशीले वार्षिक १० लाख आम्दानी गर्ने गरेका छन ।

व्यावसायीक च्याउ खेती गर्दै आइरहेका किसानलाई कृषि ज्ञान केन्द्रले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ । कृषि ज्ञान केन्द्रले दिने अनुदानले च्याउ खेती गर्दै आईरहनु भएका किसानलाई उर्जाशिल बनाएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन