कतारमा १३ नेपालीले पाए आममाफी

काठमाडौं । कतारको बन्दीगृहमा रहेका १३ जना नेपालीले आममाफी पाएका छन् । राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कतारको जेलमा बिभिन्न अभियोगमा पक्राउ परेका १३ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका नेपालीलाई आममाफी दिएका हुन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने मन्त्रालयले जनाएको छ।

सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो। कतारको विभिन्न कारागारमा बन्दी जीबन बिताईरहेका नेपाली श्रमिकले आममाफी पाए पनि उनीहरु के कसुरमा जेल जीबन बिताईरहेका थिए भन्ने ’bout केहि खुलाईएको छैन ।

आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग दूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ। कतारले रमादान तथा राष्ट्रिय दिवसको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रियसभाको अधिवेशन आजदेखि