भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई ‘नियन्त्रण’मा लिइएको ट्रम्पको भनाइ

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले “भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमण”मा “त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको” बताएका छन्। उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने ’boutमा ट्रम्पले थप विवरण दिएका छैनन् भने भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन।भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ ।

विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो ।

२१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन् ‘सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।’ राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गरेका छन् ।

सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ । यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने बोटहरूलाई निशाना बनाएको थियो । भेनेजुएलाले अमेरिका सँग ड्रग नियन्त्रण सम्झौताको तयारी रहेको जनाएको छ ।

मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

जसपा सिराहाका पूर्व अध्यक्ष स्वामीजी आजपा प्रवेश