बिषम परिस्थितिमा कान्तिपुरको उच्च कार्य–सम्पादन

वीरगन्ज । प्रतिस्पर्धी उस्तै संस्थाहरुलाई पछि पार्दै छरिएर रहेको सानो–सानो पूँजीलाई एकतृत गर्न वीरगन्जको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था अब्बल भएको पुष्टि गरेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय पर्सा, वीरगन्जमा दर्ता भई वित्तीय क्षेत्रमा उदाएको कान्तिपुरले आर्थिक नगरी वीरगन्जमा यो छाप छोड्न सफल भएको हो ।

शनिबार पनि पाँच सय जति शेयर सदस्य र बचतकर्ताका बीच सार्वजनिक कार्यक्रम आयोजना गरी आफ्नो १६ औं बार्षिक साधारण सभा मनाएको छ । वीरगन्जको मुटु आदर्शनगरमा खुलेको सानो पाइला नामक सहकारीलाई जिबीराई र रवि लामिछानेको छद्मभेषी चरित्रले संस्था नै लापत्ता भएको समयमा कान्तिपुरले भने वीरगन्जकै आम मानिसको मन जितेको पाइएको छ ।

उत्पादनमूलक, शिपमुलक, आयमुलक कार्यका लागि शेयर सदस्य र बचतकर्तालाई दरिलो साथ दिंदै आएको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले मुलुकमा भयावह अस्थिर राजनीति परिस्थितिका बीच पनि ५१ लाख २५ हजार १ सय ६ रुपैया खुद नाफा गरेको पाइएको छ । कुल ८ जना मात्र कर्मचारीका साथ आर्थिक नगरीमा सकृय सहकारी मध्ये कान्तिपुरले गत आर्थिक वर्ष १७ करोड २३ लाख ७७ हजार २६ रुपैया बचत निक्षेप संकलन गरेको संस्थाको वार्षिक साधारण सभामा सार्वजनिक गरिएको छ ।

कर्जा लगानी तर्फ पनि १८ करोड ३९ लाख ६२ हजार ३ सय ९४ रुपैया प्रवाह गरेको संस्थाको संचालक समिति अध्यक्ष सत्यराम शर्माले प्रतिवेदन प्रस्तुत गर्दै बताए । लगानी तर्फ भरपर्दा सदस्य र बचतकर्ताको साथले यो आँट गरिएको अध्यक्ष शर्माको तर्क छ । शेयर पूँजी तर्फ आ.ब. २०८१÷०८२ सम्म कुल १ करोड ७१ लाख ५५ हजार ८ सय रहेको अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ ।

सरल नीति र सहज बचतको निरन्तरता
संस्थाले पहिलेदेखि अबलम्बन गर्दै आएको सरल र सहज बचत संकलन एवं कर्जा लगानी गर्ने नीतिलाई निरन्तरता दिंदा मुलुकको अस्थिर राजनीतिक परिदृष्यका बीच पनि संस्थाले विगतमाभन्दा अझ राम्रो प्रगति गर्न सकेको संस्थाका प्रवन्ध निर्देशक (व्यवस्थापक) जिस्णु बरालले बताए । संस्थाले कर्जा लगानीमा लिएको नीति अन्य संस्थाको जस्तो रकम डुब्ने खालको नभई भरपर्दो रहेको पनि उनको तर्क छ । कार्यालय संचालनमा भाडाको भवनबाट आफ्नै सुविधा सम्पन्न भवनसम्म पुगेको कान्तिपुरले शेयर सदस्य र सेवाग्राहीलाई चित्त दुख्ने गरी कुनै कारोवार नगर्दा नै संस्थाले बिषम परिस्थितिमा पनि राम्रो लाभ लिन सफल भएको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका संचालन समिति सचिव देवका बरालको पनि तर्क छ ।

मुलुकले आश लाग्दो रुपमा आर्थिक वृद्धिदर हासिल गर्न नसकेको र विश्व नै आर्थिक मन्दीको चपेटामा पर्दा पनि संस्थाले गरेको प्रगतिलाई दुत्कार्न नसकिने संचालक समितिको बैठकले ठहर समेत गरेको पाइएको छ । संस्थाले ०८१÷०८२ मा गरेको कारोबार र अब आफ्नै भवनमा रहँदा आगामी दिनमा संस्थाले गर्ने कार्य सम्पादनले अझ उत्कृष्ट कार्यसम्पादन हुनेमा शेयर सदस्यहरुले पनि बताए । आगामी दिनमा अझ सदस्यहरुको चाहना अनुरुप सरल र प्रभावकारी कदम चाल्न योजनाबद्ध ढंगले अगाडी बढ्ने लक्ष्य लिएको संस्थाको संचालक समितिले पनि जनाएको छ ।

ठूलाबडाबाट दूर्नाम सहकारीः सर्वसाधारणलाई त्यसैको भर
सहकारी ठगीमा देशका मैं हुँ भन्ने बोलक्कडहरु फस्ने मात्र नभई उनीहरु मध्येका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष ५ करोड २७ लाख बढि धरौटीमा छुट्दै छद्मभेषी रुप धारण गरिरहेको वर्तमानमा वीरगन्जको कान्तिपुरले भने वीरगन्जवासीको मन जितेको कार्यक्रममा सहभागीहरुले नै बताए । संस्थाको स्थिर गति शेयर सदस्य र बचतकर्ताको लागि हितकर हुन्छ । चर्चामा आएका राजनीतिज्ञहरुले चलाएको वीरगन्जको सानो पाइला सहकारी अस्तित्वमा छैन । तर यसै नगरीको कान्तिपुर सहकारीले भने नमूना कार्यसम्पादन गर्दै आएको उनीहरुको तर्क छ ।

यता कान्तिपुरको बार्षिक साधारण सभामा सामाजिक कार्यतर्पm संस्थाका शेयर सदस्यहरुका उत्कृष्ट बालबालिकालाई छात्रवृद्धि दिने, समाज सेवी, शिक्षाविद कुर्वाह हवारी र समाजमा उच्च योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने कामले धेरैको मन खिचेको छ । संस्थालाई अब्बल बनाउन गतिलो साथ दिने कर्मचारीलाई सम्मान देखि कान्तिपुरले कलैया अस्पताल र वीरगन्जको प्रभु हस्पिटलमा कार्यरत डा.विप्लब सुवेदी र डा प्रयास तिमल्सिनासँग आफ्ना सदस्यहरुको स्वास्थ्य जीवनका लागि निशुल्क चेकजाँच गराउन कार्यक्रम स्थलमा नै लिखित सम्झौता गरी झन नमूना कार्य गरेको छ ।

समाजमा रहेपछि सामाजिक कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने मान्यता सहित संस्थाले यो कदम उठाएको संस्थाको मेनेजर इन्दु श्रेष्ठले बताइन् । सहकारी मूल्य र आदर्श बमोजिम चल्ने संस्थाले सामाजिक कार्यमा पनि आफ्नो उपस्थिति जनाउन थप कदम चाल्ने योजना बनाएको उनको तर्क छ । संस्थाका अध्यक्ष सत्यराम शर्मामाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक जिस्णु बरालले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

बलात्कार आरोपमा सेकुवा सेन्टर सञ्चालक पक्राउ