अनुसन्धान निर्देशक ओम खड्का एआईजीमा बढुवा

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा ओम खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केही महिनादेखि रिक्त रहँदै आएको उक्त पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।

यससँगै विभागभित्र रोकिएको उच्च तहको पदपूर्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागमा एआईजीसहित थुप्रै पद रिक्त छन् । एआईजी पद रिक्त रहँदा त्यसअन्तर्गतका डिआइजी, एसएसपी, एसपी र डीएसपी तहका पदहरूमा समेत बढुवा प्रक्रिया अवरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा