काठमाडौं । शक्ति संघर्ष र विवादबीच नेपाली कांग्रेस विशेष महाधिवेशन आइतबार (आज)देखि सुरु हुँदै छ । नीति र नेतृत्व हुँदै विकसित बहसले विवादको रूप लिएपछि विशेष महाधिवेशनबाट निर्णायक वारपारको अवस्थामा पुगेको हो ।
शक्ति संघर्षमा कांग्रेस नेता
कांग्रेस सभापति शेरबहादुर देउवा समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीच विवाद चर्किंदै जाँदा विशेष महाधिवेशनबाट नेतृत्व नै फेरबदल गर्नेसम्मको अवस्था आउने सम्भावना बढेको छ । पार्टी नीति’boutमात्रै छलफल गर्ने वा नेतृत्व परिवर्तन गर्ने निर्णायक बहसलाई कांग्रेसको भविष्यसँग जोडेर हेरिएको छ ।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि उभिएको दावी गरेको छ । तर, संस्थापन पक्ष ‘विशेष महाधिवेशनको औचित्य सकिएको’ भन्दै त्यसमा सहभागी नहुन र प्रतिनिधिलाई रोक्न लागिपरेको छ । काठमाडौं भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने विशेष महाधिवेशनले नेतृत्वसमे त परिवर्तन गर्ने’bout निर्णय गर्नसक्ने बताइएको छ । नेताहरू भने ‘नीति’bout मात्रै छलफल गरी पार्टीलाई विभाजन हुनबाट जोगाउनुपर्ने’ भन्दै नेतृत्व चयनसहित पार्टी विभाजन गरिने प्रक्रियामा सहभागी नहुने बताउँछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं विशेष महाधिवेशन पक्षका नेता अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन माग गर्दा ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे पनि अहिले त्यो संख्या बढेर ६० प्रतिशतभन्दा बढी पुगेको दावी गरे । विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको बताए । २ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट सुरु विशेष महाधिवेशनको मागलाई साथ दिँदै जिल्ला–जिल्लाबाट प्रतिनिधि काठमाडौ ं आइसकेको शिवाकोटीले जानकारी दिए । उनका अनुसार केही प्रतिनिधि शनिबार जिल्लाबाट डिँहेकाले आइतबार (आज) बिहानसम्ममा काठमाडौं आइपुग्ने छन् ।
पार्टी विधान र व्यवस्थाअनुसारै विशेष महाधिवेशन हुन लागेको बताउँदै शिवाकोटीले यसले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । ‘कतिपयले पार्टी विभाजन होला’ भन्दैगर्दा उनले ‘विशेष महाधिवेशनले पार्टीलाई अझै बलियो बनाउने’ दाबीसमेत गरे । विशेष महाधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा कांग्रेस सपभाति शेरबहादुर देउवालाई नै निम्ता गरिएको छ । तर, देउवालाई निम्ता दिन पुगेका टोलीलाई देउवा सचिवालयले हप्काएर पठाएको बताइन्छ । भृकुटीमण्डपमा आइतबार (आज) दिउँसो १ बज विशेष महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ ।
यसैबीच, विशेष महाधिवेशन स्थगित गर्ने’bout सभापति देउवाले छलफल थालेका छन् । शनिबार अतिव्यस्त देउवाले महामन्त्रीद्वय थापा शर्मासहितका नेतालाई ‘विशेष महाधिवेशन स्थगित गर्न’ दबाब दिएका छन् । तर थापा–शर्मा समूहले ‘कुनै पनि हालतमा नरोकिने’ सन्देश पठाएका छन् ।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि उभिएको दावी गरेको छ । तर, संस्थापन पक्ष ‘विशेष महाधिवेशनको औचित्य सकिएको’ भन्दै त्यसमा सहभागी नहुन र प्रतिनिधिलाई रोक्न लागिपरेको छ
सभापति देउवाका साथै कार्यबाहक सभापति पूर्णबहादुर खडकासहित संस्थापन पक्षका नेताले ‘प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी नहुन’ दबाब दिँदै आएका छन् ।
तर, महामन्त्रीद्वय थापा–शर्मासहित संस्थापनइतरका नेताले ‘जसरी पनि विशेष महाधिवेशन सम्पन्न गरिने’ अडान लिएका छन् । कांग्रेसभित्र आगामी सभापतिका रूपमा देखिएका डा. शेखर कोइराला भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । विपक्षमा उभिएका कोइराला समूहले संस्थापन पक्षलाई साथ दिएका छन् ।
यसअघि, कोइराला, थापा, शर्मासहितका नेता एउटै समूहमा उभिँदै आएका थिए । विशेष महाधिवेशनसँगै संस्थापनइतरका नेतासमेत विभाजित भएका छन् । जेनजी आन्दोलनपश्चात् संस्थापनइतरका नेताले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा अडान लिँदै आएका छन् । निर्वाचनअघि ‘नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने’ अडान थापा र शर्मा समूहको छ ।
तर, संस्थापन पक्षले ‘क्रियाशील सदस्यता टुंगो नलागेको र प्रतिनिधिसभा निर्वाचन’ कारण देखाउँदै तोकिएको नियमित महाधिवेशन स्थगित गर्दै निर्वाचनपछि आगामी वैशाख अन्तिम साता नियमित १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २६–२८ पुस काठमाडौ ंमा गर्ने निर्णय गरेको हो । एक महिनाभन्दा बढी समयसम्म चलेको बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो । विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए । कांग्रेसले २८–३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेपछि थापा–शर्मा समूहले यसलाई अस्वीकार गर्दै विशेष महाधिवेशन गर्न लागेको हो ।
यही अडानबीच कांग्रेस दुई समूहमा विभाजित हुँदै पार्टी नै विभाजन हुने चिन्ता र चासो कांग्रेसजनलाई छ । यसैबीच, कंग्रेस महामन्त्री थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीचको निर्णायक मानिएको शनिबारको छलफल बिनानिष्कर्ष टुंगिएको छ । विशेष महाधिवेशन पूर्वसन्ध्यामा सहमति प्रयास असफल भएपछि कांग्रेस विभाजनको सँघारमा पुगेको चर्चा छ । विशेष महाधिवेशन रोक्न र पार्टीभित्रको संकट समाधान गर्न शनिबार रातभर जसो छलफल भए पनि कुनै निकास निस्कन सकेन ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको दाबी गरे । शनिबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ‘विशेष महाधिवेशनको सन्दर्भलाई यही रोक्नुपर्ने’ बताए । आगामी वैशाख अन्तिम साता १५औं महाधिवेशन हुनेगरी भएको संशोधित कार्यतालिका सबैले मान्नुपर्ने उनको जोड छ ।
‘संशोधित कार्यतालिका सबैले मान्नुपर्छ । पदाधिकारी साथीले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ, यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन,’ प्रवक्ता महतले भने । विशेष महाधिवेशन रोकेर सम्पूर्ण पार्टी एकत्रित भएर आसन्न प्रतिनिधिसभा निर्वाचनमा लाग्नुपर्ने महतले बताए । वर्तमान अवस्थामा विभाजित नभई नीतिगत प्रस्ताव केन्द्रीय समितिबाट पारित गरेर अघि बढ्नुपर्ने उनको जोड छ ।
तर, कांग्रेस महामन्त्री थापाले ‘विशेष महाधविशन नरोकिने’ प्रस्ट पारे । साथै, विशेष महाधिवेशनपछि आफूले जेनजीसँग मिलेर काम गर्ने मन रहेको उनले बताए । शनिबार भिडिओ सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनको दौडादौड सकिएपछि राष्ट्रियस्तरको संवाद कार्यक्रम गरी जेनजीसँग मिलेर काम गर्ने उल्लेख गरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनअघि नै जेनजीसँग संवाद गरी उनीहरूले उठाएका मुख्य मुख्य बुँदा सम्बोधन गर्ने प्रयास गर्नेसमेत थापाले जनाएका छन् । ‘तपाईंहरूको आइडिया सुन्न मन छ, तपाईंहरूसँग सिक्न पनि मन छ । रिफर्म इस्यूजमा ज–जसलाई काम गर्ने मन छ, तपाईंहरूको आइडिया यसमा पोष्ट गर्दिनुभयो भने म नोट पनि लिन्छु र विशेष महाधिवेशनको दौडादौडपछि म रिचआउट पनि गर्छु र तपाईंहरूसँग मिलेर काम गर्ने मन छ,’ जेनजीका सहानुभूति समेट्न थापाले भनेका छन्, ‘हामी मिलेर निर्वाचनअगाडि नै जेनजी आन्दोलनले उठाएका केही मुख्य–मुख्य बुँदाबीच राष्ट्रियस्तरको डाइलग गर्न सक्छौ ं भन्ने विश्वासका साथ यो पोष्टमार्फत अनुरोध गरेको छु ।’









