कालिकोट । सान्नित्रिवेणी गाउँपालिका वडा नं२ का अध्यक्ष बशन्त वुढाले काठमाडौबाटै आफैले एम्बुलेन्स चलाएर गाउँमै पुराएका छन । गाउँमा पहिलो पटक एम्बुलेन्स आफैले चलाएर पुराएपछी बाजागाजा सहित भव्य स्वागत गरेका हुन् ।
पालिकाले कार्यविधि बनाएर उपाध्यक्ष को समितिमा रहेर अवस्था हेरेर बिरामी सेवा दिने अध्यक्ष वुढाले बताए । गरिब, जेहेन्दार, दुर्घटना सम्बन्धि का बिरामीलाई निशुल्क सेवा दिने र अन्य बिरामीलाई बिधि निर्माण गरेर सेवा दिने उनको भनाई छ ।

काठमाडौ महानगरले दुर्गमलाई एम्बुलेन्स दिने भनेपछि म आफैले फम भरेर पठाएपछि निरन्तर माग र सम्पर्कमा रही काम गरेपछी अहिले एम्बुलेन्स पाएका हौ अध्यक्ष वुढाले भने, खरिद रकु स्वास्थ्य चौकिको नाममा भयो । यो एम्बुलेन्सले पालिकाभरि सेवा दिने छ । अध्यक्ष वुढाले भने, निशुल्क सेवा दिने मन थियो । आफुले चाहेर पनि नहुदो रैछ । एम्बुलेन्स नियमित संचालनका लागि भएपनि केहि शुल्क निर्धारण गरेर पालिका भरी सेवा दिने छौ । हाम्रो माग वडाका लागि निशुल्क सेवा दिने भनेका छौ । अव कार्यविधि बनाएर अगाडि बढ्ने छौ ।
उनले थपे , राजनीति बिसुद्व सेवा र परोपकारी हो पछिल्लो समय त्यो हुन सकेन पेषाका रूपमा गयो । भष्टचार र अनियमितता हुन थाल्यो यसलाई कसरि अन्त्य गर्ने भन्ने बिषयमा हामि लागि परेका छौ । यसमा जनताले मताधिकारको समयमा वुझ्ने छन अध्यक्ष वुढाले भने ।








