जेनजीका नाममा नेकपाको चुनावी ‘अफर’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजीलाई लक्षित गर्दै चुनावी अफर दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध जेनजीको राष्ट्रिय भेला गरेर पार्टीमा जिम्मेवारीदेखि चुनावमा टिकट दिने आश्वासन दिएका छन् । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूलाई युवा पुस्ता समेट्नुपर्ने बाध्यात्मक अवस्था आएपछि दलहरूले भेला गरेर जनसंगठन नै बनाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पार्टी केन्द्रीय कार्यालयमा जेनजी रेड फोर्सको भेलामा बोल्दै पार्टी र उम्मेदवारीमा जेनजीलाई प्रोत्साहन दिने बताए । जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रममा प्रचण्डले समानुपातिकको बन्दसूचीदेखि प्रत्यक्षको उम्मेदवारीमा समेत जेनजीलाई प्राथमिकतामा राखिएको बताए ।

प्रचण्डले भने, ‘हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौँ युवाहरूलाई सम्बोधन गर्न खोजेका छौं । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढीभन्दा बढी युवाहरूलाई र केन्द्रीय समितिमा पनि बढीभन्दा बढी युवाहरूलाई हामी समेट्दै छौ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले युगीन परिवर्तनहरू नयाँ पुस्ताकै ऊर्जामा हुने गरेको इतिहास अगाडि सार्दै जेनजी पुस्ताले समाजवाद स्थापनाका लागि आफूले जिम्मेवारी लिनुपर्ने बताए । भीडको पछि लागेर अलमलिनु भन्दा स्पष्ट वैचारिक मार्ग समातेर समाजवाद स्थापना गरी आफ् नो मात्र नभई भावी पुस्तालाई समेत सुरक्षित गर्न जेनजीले वैचारिक धार समात्नुपर्ने बताए ।

जेनजी रेडफोर्स अब भ्रातृ संगठन
नेपाली कम्युनिस्ट पार्टीसँग वैचारिक निकटता भएका जेनजीको भेलाले औपचारिक अनुमोदन गरिएको जेनजी रेड फोर्स अब औपचारिक भ्रातृ संगठन भएको छ । जेनजी आन्दोलनभन्दा अगाडिदेखि नै माक्र्सवादी विचारधाराबाट प्र ेरित जेनजी पुस्ताले आफूलाई नेतृत्वको लागि तयार पारिसकेको जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले बताइन् ।

जेनजीको भावना र आन्दोलनलाई अरू कसैको कब्जामा जान नदिन आफूहरू संगठित भएको बताउँदै तिमल्सिनाले राजनीतिमा विचारसहितको पुस्तान्तरण जेनजी आन्दोलनको माग भएको बताइन् । जेनजी रेड फोर्सले नयाँ पुस्तामा वामपन्थी राजनीतिको हस्तान्तरण गर्न भ्रातृ संगठनको मान्यता दिइएको संयोजक प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते