विस्को सहकारीले दियो गतिलो सन्देश

वीरगन्ज । ‘सबैका लागि एक, एकका लागि सबै’ भन्ने मूल नारा सहित वीरगन्जमा २०५६ सालमा स्थापना भएको ‘विस्को’ लिमिटेडले गहकिलो सन्देश छोडेको छ । सर्वसाधारणको रकम ठग्नकै लागि आर्थिक नगरी वीरगन्जको मुटु आदर्शनगरमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था स्थापना भई मुलुकमा डुङडुङ गन्हाउने सन्देश छोडेको विपरित बीरगन्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिं.ले सहकारीहरु ठग्ने मात्र छैनन् भनी संस्थाको २७ औं बार्षिक साधारण सभा गर्दै सकारात्मक सन्देश दिएको हो ।

संस्थाको आफ्नै भवनबाट सेवा प्रवाह गर्ने पर्साकै पहिलो सहकारी मात्र नभई निरन्तर अढाइदशक सेवा संचालन पार गर्ने सहकारी संस्थाको इतिहास पनि विस्कोले आफ्नै पोल्टामा राखेको छ । आकर्षक कुरा गरी प्रचार गर्नेभन्दा संस्थाको कार्यान्वयन पक्ष अब्बल बनाउनु पर्छ भन्ने छाप वीरगन्जमा रहेको विस्को लिमिटेडले छोडेको छ । यसको गतिलो पक्ष भनेको संस्थाका संचालक समितिको १० वर्षे दीर्घकालिन लक्ष्य सहितको कार्यान्वय पक्ष पनि हो ।

संस्थाको ‘मिसन २०८९’
नेपालका राजनीतिक दलहरुको मिसन २०८४ सम्मभन्दा उता जान नसकेको समयमा पनि विस्कोले २०८९ सम्मको लक्ष्य २०७९ मा नै लिएको थियो । १० वर्षे मिसन अंंगिकार गर्दै मिसन २०८९ निर्दिष्ट गरिएको विस्को सहकारीको संचालक समिति अध्यक्ष डिल्ली बिक्रम कार्कीले राजधानी दैनिकसँग पनि बताए । पहिले नै हामी १० बर्ष पछिको लक्ष्य लिएर हिड्छौंं उनले बताए ।

चालु आर्थिक वर्षका लागि पनि यो संस्थाले कर्जाको दुरुपयोग गर्ने सदस्यलाई समितिको उपसमितिमा समेत बस्न नपाउने गरी नीति अबलम्बरन गर्ने लगायत विभिन्न १४ वटा लक्ष्य बनाएको पाइएको छ । उनीहरुका उद्देश्यमा महिला सदस्यहरुको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनाको लागि आवश्यक सीपमूलक तालिम दिने पनि उल्लेख गरिएको छ ।

संस्थाको नाफा ३७ लाख
वीरगन्जको लिंक रोडमा आफ्नै भवनमा संचालित विस्को सहकारीले बिषम परिस्थितिका वावजुद पनि कुल ३७ लाख ९ हजार ४ सय ९१ रुपैया नाफा गर्न सफल भएको संस्थाको २७ औं साधारण सभामा संस्थाका गोविन्द प्रसाद श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरेका छन् । गएको आर्थिक वर्ष ६० करोड ६७ लाख ५९ हजार ९ सय ३९ रुपैया निक्षेप संकलन भएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी बचत फिर्ता तर्फ ५६ करोड ३४ लाख ८९ हजार ३ सय ३४ रुपैया र कर्जा लगानी तर्फ १२ करोड ११ लाख ८९ हजार र कर्जा असुली तर्फ पनि १६ करोड ३३ लाख ९७ हजार ४ सय ८८ रपैया रहेको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यसम्पादन सुरुदेखि नै सकारात्मक
संस्थाको बार्षिक कारोवार र परिणाम प्रति सो संस्थाका शेयर सदस्य कारोवारी मात्र नभई सर्वसाधारणलाई पनि सकारात्मक सन्देश दिएको सुरुदेखि संस्थासँग जोडिएर रहेका वीरगन्जका बरिष्ठ बालरोग विशेषज्ञ डा श्यामसुन्दर दासले बताए । यो संस्थाको तडक भडक छैन । निरन्तर सकारात्मक काम मात्र छ उनले भने ।

वीरगन्जका चर्चित बालरोग बिशेषज्ञ डा अशोक दासले आकर्षक कुरा गर्ने र चिप्ला कुरा गर्ने सहकारीको विश्वास गर्न नहुने सबैलाई सुझाव दिए । वीरगन्जकै एउटा सहकारीले मेरो समेत पैसा खाएर भाग्यो, कति पैसा खायो त्यो चाही म अहिले भन्दिन’ डा. दासले विस्कोको साधारण सभामा अरु सहकारीबाट ठगिनेको आफ्नै पनि उदाहरण पेश गरे । विस्कोको जस्तो संचालक समिति विश्वासिलो भएको सहकारीमा मात्र कारोबार गर्न पर्ने रहेछ उनले सर्वसाधारणलाई पनि सुझाव दिए । २७ औं बार्षिक साधारण सभामा उनी पनि बक्ता थिए । वीरगन्जबाट भागेका सानो पाइला सहकारी (रवि लामिछाने÷जिबी संचालक) र प्राइम बचत तर्फ उनले लक्षित गरेका थिए ।

विस्कोले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने, ज्येष्ठ नागरिक र असल कारोवार गर्ने सेवाग्राहीलाई पनि विभिन्न उपहार सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । सहकारी मैत्री उज्वल घिमिरेले सहजीकरण गरेको विस्को लिमिटेडको २७ औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

epaper

ताजा समाचार

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम