प्रधानमन्त्री दुई पटक मात्र, गठबन्धन नगर्ने विश्वप्रकाशको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।भृकुटीमण्डपमा सोमबार श्यामकुमार खड्काको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा शर्माले ‘बदलिएको देश बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् । उनले भविष्यमा नेपाली कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा कोही पनि व्यक्ति प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने स्पष्ट प्रस्ताव अघि सारेका छन् । यो नीतिलाई नेपालको संविधानमा समेत लिपिबद्ध गर्न पार्टीले अग्रसरता लिने संकल्प प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, राजनीतिक स्थिरता कायम र दलीय स्वाभिमानको रक्षा गर्न निर्वाचनमा गठबन्धन नगर्ने नीति पनि प्रतिवेदनमा समावेश गरिएको छ । विगतका गठबन्धनले पार्टीको मौलिकता गुमाएको र मतदाताको विवेकमा प्रहार गरेको निष्कर्ष निकाल्दै शर्माले अबका कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिवेदनले पार्टीभित्र सुशासन र पारदर्शितालाई जोड दिँदै राज्यका संवैधानिक निकाय, विश्वविद्यालय तथा राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने, नातावाद र परिवारवाद रोक्ने तथा युवा पुस्तालाई पार्टी संरचनामा उल्लेखनीय प्रतिनिधित्व दिने प्रस्ताव पनि राखेको छ । यसबाहेक, विगतका गल्तीहरूको १८ बुँदे आत्मालोचना गर्दै सुधारका संकल्पहरू पनि समेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी हत्यारा र हाइज्याकरलाई बहिष्कार गरौं : थापा