हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

गुल्मी । आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले हातहतियार बुझाउन आग्रह गरेको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरु माघ १५ गतेभित्र बmुझाउन आग्रह गरेको हो ।

उक्त हतियारहरु नजिकैकको प्रहरी चोकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात हातहितयारहरु फिर्ता लैजान पाइनेछ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा ७८ वटा हातहतियार तथा खरखजनाहरु दर्ता रहेका छन् । यदि कसैले कानुनविपरित घरमै हातहतियार राखेमा कानुनबमोजिम कारवाही हुने गैरेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह