नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्कदा दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीषक मोहनबहादुर खाँणका अनुसार गैडाकोट ६ बोटे टोलमा गैडाकोट ८ निवासी काशीारम पौडेलको बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र बर्षातका कारण भत्कँदा ३५ बर्षीया काशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्की जिल्लाका ४० बर्षीय सूर्यबहादुर भण्डारीको निधन भएको हो ।

खोर भित्र सरसफाई गरिरहेको बेला एक्कासी खोर भत्किएको थियो । खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझ निधन भएको प्रहरीले जनाएको छ ।

उनीहरुका छोरा वर्ष ९ का प्रतिक पौडेल र डेढ वर्षका सुमिन भण्डारीको अवस्था भने सामान्य रहेको छ । हावाहुरीले खोर भत्काए पछि आफ्ना साना छोराहरुलाई उनीहरुले काखमा राखेर सुरक्षित गरेका थिए । घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई निकालिएको थियो ।

खोरले च्यापेर २ ओटा बाख्रालगायत सयौं कुखुरा समेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर