नेपाल एसविआई बैंकबाट लुटिएको १ करोड ८० लाख रकम बरामद

सिन्धुली । नेपाल एसविआई बैंक घ्याङलेख शाखामा मंगलबार राती लुटपाट भएको रकम मध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैंया बरामद भएको छ । नकावधारी तथा हतियारधारी ५-६ जनाको समूहले उक्त बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटी लगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खोजतलासका क्रममा लुटेराले लगेको रकम जंगलबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए । राती करिब पौने ९ बजेतिर पाँच छ जनाको समूह आई बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी सामान्य घाइते बनाई बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेका थिए ।

लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाढा सुमो जीप र चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा लुटेराहरुको खोजी र घटनाको अनुसन्धान कार्य तिव्र भएको सुवेदीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रियसभाको अधिवेशन आजदेखि