सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।

प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर बुधवार प्रतितोला सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३ सय १५ रुपैयाँले बढेर आज ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब