टीजेएफको नेतृत्वमा राजधानीकर्मी दुवाल

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) को नयाँ कार्यसमिति चयन भएको छ । सूचना प्रविधिको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको संगठनमा दुईवर्षे नयाँ कार्यसमिति चयन गरिएको हो ।

बुधबार (पुस ३०) सम्पन्न संस्थाको १२औँ साधारण सभा तथा अधिवेशनबाट राजधानीकर्मी पूर्णभक्त दुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै, संस्थाको उपाध्यक्षमा गणेश सुवेदी, सचिवमा अनिल न्यौपाने, सहसचिव हिक्मत आचार्य, कोषाध्यक्ष सजना बराल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा कमल केसी, शिव बस्नेत, युवराज गौतम, मुना कुँवर, चयन भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु