नेपाली कांग्रेसको सभापतिमा गगन थापा चयन

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तैमहामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।

महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन् ।

त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु