काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलाई हस्तान्तरण गरिएको हो । एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीप्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।
एनसेल आजियाटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग गरिसकेको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीका मृतकको सम्झनामा बराहक्षेत्रमा १०८ दीप प्रज्वलन, सेतो परेवा उडाएर श्रद्धाञ्जली
ग्यास संकट टार्न प्राथमिकतामा घरायसी उपभोक्ता
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन
ओरालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
अवरुद्ध कर्णाली राजमार्ग ५ बजेसम्म खुल्ने
नापी अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा






