प्रचण्ड छलाङ : एकै वर्षमा २१औं एकता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रै आफ्नो नेतृत्वमा ध्र‘वीकरण, रूपान्तरण र एकताको ऐतिहासिक श्रृंखला निर्माण भएको दाबी गरेका छन् । एक वर्षको अवधिमा आफ्नो नेतृत्वमा २१ औं घटकसँगको एकता हुनु नेपालको इतिहासमै नौलो र ऐतिहासिक ‘छलाङ’ भएको दाबी उनले गरेका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष एवम् सांस्कृतिक अभियन्ता सुमन सामयीसंग पार्टी एकता गर्दै संयोजक प्रचण्डले यस्तो दावी गरेका हुन् । पार्टी एकता समारोहमा प्रचण्डले भने, ‘हाम्रो नेतृत्वमा भइरहेको ऐतिहासिक एकता प्रक्रिया दिनप्रतिदिन झन् शक्तिका साथ अगाडि बढेको छ । खाली घटक संगठनहरू मात्रै होइन, परिवर्तनप्रति इमानदार नेता–कार्यकर्ता तथा देशलाई माया गर्ने हजारौं व्यक्तिहरू प्रवेश गरिरहेका छन् ।’

प्रमुख राजनीतिक दलहरूले आत्ममूल्यांकन र आत्मसमीक्षा गर्न जरुरी रहेको बताउँदै प्रचण्डले बुधबार ऐतिहासिक सन्देश दिने गरी पार्टी एकता र उपत्यकामा शक्ति निर्माणको नयाँ सन्देश दिने बताएका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका चर्चित संस्कृति तथा सम्पदा अभियन्ता सुमन सायमीको नेकपा प्रवेशको निर्णयले काठमाडौ ंभित्रको वर्ग र समुदायप्रति आफ्नो पुरानो सम्बन्ध पुनर्जागृत भएको बताए ।

प्रचण्डले भने, ‘अब परम्परागत ढंगले चल्ते–चलातेको तरिकाले हुँदैन, आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अघि बढ्नुपर्ने देखिएको छ, राष्ट्र असाधारण संकटको अवस्थाबाट गुज्रेको बेलामा दलहरू एकताबद्ध हुँदै राष्ट्रिय एकता सुदृढ गर्ने बाटोमा लाग्नुपर्छ ।’ सायमी अभियन्ता उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षण, गुठी विधेयकविरुद्ध आन्दोलनका अगुवा हुन् । नेकपाले सायमीलाई काठमाडौं ८ मा उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि सायमीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिएका थिए । नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपाल तथा मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सायमीले सहमतिपत्रमा हस्ताक्षर गरी एकता सम्झौतापत्र आदानप्रदान गरिएको छ । संरचनात्मक न्यायिक खोला पीडित सहकारी पीडित’bout गम्भीर हुँदै राजनीतिक एकता आवश्यक भएकाले एकता भएको सायमीले बताएका छन् ।

आफूले उठाईरहेका सांस्कृतिक पहिचान र सम्पदा संरक्षणमा राजनीतिक साथ पाइने भएकाले पीडित वर्गको हक र अधिकारका लागि संघर्ष गर्न नेकपामा समाहित भएको सायमीले बताए । शासकीय स्वरुपमा जनमुखी सुधार गर्न संविधान संशोधन गर्ने, समावेशी प्रतिनिधित्व अनिवार्य कार्यान्वयन गर्ने लगायतका विषयमा समेत सहमति गरेको पार्टी एकता समारोहमा जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु