भेटायोले ल्यायो यो जाडोमा गिजर मर्मत तथा जडान सेवा\अब चिसो पानीको झन्झट छैन

काठमाडौं । नेपालको अग्रणी अन–डिमाण्ड सेवा प्लेटफर्म भेटायो ले जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका घर तथा कार्यालय प्रयोगकर्ताका लागि व्यावसायिक गिजर मर्मत तथा जडान सेवा सुरु गरेको छ । यो सेवा न्यूनतम १,००० रुपियाँदेखि सुरु हुने र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

जाडो सुरु भएसँगै काठमाडौंमा गिजर बिग्रने समस्या सामान्य रूपमा देखिने गर्छ । पानी ततिन ढिलो हुनु, गिजरले पानी तताउन छाड्नु, अनावश्यक आवाज आउनु, पानीको बहाव कम हुनु, अत्यधिक बिजुली खपत हुनु, वा गिजरबाट करेन्ट लाग्ने जस्ता जोखिमपूर्ण समस्याले परिवारको दैनिकी नै प्रभावित बनाउने गर्छ । निरन्तर प्रयोगमा रहने उपकरण भएकाले गिजरको ६ महिनामा एकपटक वा कम्तीमा वर्षमा एकपटक नियमित सेवा आवश्यक हुने प्राविधिकहरूको सुझाव छ ।

भेटायोले अनुभवी र प्रमाणित प्राविधिकमार्फत छिटो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । यस सेवाअन्तर्गत गिजरको सम्पूर्ण निरीक्षण, हिटिङ कोइल जाँच, थर्मोस्ट्याट परीक्षण, तार तथा जडानको अवस्था जाँच, स्केलिङ हटाउने तथा पूर्ण सफाइ, सुरक्षा परीक्षण, साथै नयाँ गिजर जडान (पर्खालमा जडान, पाइप मिलान र तार जडान सहित) गरिन्छ ।

नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने, पानी तताउने क्षमता सुधार्ने, सम्भावित दुर्घटनाको जोखिम कम गर्ने र तातो पानी छिटो उपलब्ध गराउने फाइदा पुग्ने भेटायोले जनाएको छ । यसले जाडो मौसममा निरन्तर तातो पानी सुनिश्चित गर्दै परिवारलाई असहज अवस्थाबाट जोगाउन सहयोग पु¥याउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी