काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।
गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारको लागि टिकट लिएका छन् । उनले रास्वपाबाट सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
सरकारले २०८१ कात्तिकमा उनलाई दोस्रो कार्यकालको लागि समितिको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको थियो । सरकारले पाँच वर्षका लागि पुनः नियुक्ति गरेको एक वर्ष पछि पदबाट राजीनामा दिएर रास्वपाबाट निर्वाचन लड्ने भएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)






