प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका पाँच जना विरुद्ध उजुरी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रत्येक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गराएका मध्ये पाँच जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगले बुधबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि उम्मेदवार विरुद्ध उजुरी दर्ताको समय तोकेको थियो ।

उजुरी पर्ने उम्मेदवारहरुमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी परेको हो ।

त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लालबिक्रम थापा विरुद्ध उजुरी परेको हो । बुधबार परेको उजुरीउपर अध्ययन कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२