गुल्मीमा मलामी बोकेको जीप दुर्घटना: एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । जिल्लाको मदन भण्डारी राजमार्ग अन्तरगत रुरुक्षेत्र गाउँपालिका–१ खोल्टेपानी भन्ने स्थानमा लु १ च ६९८५ नम्बरको डबल क्याप जीप दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी पल्पाको रिब्दिकोट गाउँपालिका–१ बस्ने २६ बर्षिय टिकाराम कुमालको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका कुमालको उपचारका क्रममा रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा सारुले जानकारी दिए । बुधबार दिउँसो पाल्पा जोगिथुमबाट रिडी घाटतर्फ आउदैँ गएको जीप सडकबाट १० मिटर तल रिडी खोलामा खसेको थियो ।

दुर्घटनामा परी पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का जोगिथुम बस्ने ३० बर्षिय सुरज कुमाल, सोही ठाउँका ३२ बर्षिय अर्जुन कुमाल, ४२ बर्षिय माधव कुमाल, ५५ बर्षिय याम बहादुर कुमाल, ५५ बर्षिय कृष्ण बहादुर कुमाल, ६१ बर्षिय धोज बहादुर कुमाल, ३३ बर्षिय सोम बहादुर कुमाल र ४५ बर्षिय खड्क बहादुर कुमाल घाइते भएका छन् ।

घाइते सबैको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक रुरुक्षेत्र गाउँपालिका–१ का माधव ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह