पूर्वमन्त्रीदखि पार्टी अध्यक्षसम्मको उम्मेदवारी खारेज

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट सजाय माफी पाएका चौधरीको उम्मेदवारीवरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृत देवराज भारतीका अनुसार चौधरीविरुद्ध उम्मेदवारी दर्ता भएकै दिन दाबी विरोध परेकोमा अदालतको अन्तिम फैसला र ऐनको प्रावधानलाई आधार मानी खारेज गरिएको हो । उनको सजाय माफी भएपनि अभियोगबाट सफाइ नदेखिएकाले उम्मेदवारी कायम गर्न नसकिएको निर्वाचन कार्यालयको भनाइ छ ।

कैलाली–१ का निर्वाचन अधिकृत देवराज भारतीका अनुसार चौधरीविरुद्ध उम्मेदवारी दर्ता भएकै दिन दाबी विरोध परेकोमा अदालतको अन्तिम फैसला र ऐनको प्रावधानलाई आधार मानी खारेज गरिएको हो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको विभत्स हत्या भएको थियो । टिकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो ।

काँग्र ेस नेता तथा पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको पनि उम्मेदवारी खारेज भएको छ । नवलपरासी पश्चिम–२ मा उम्मेदवारी दिएका कँडेलको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

नवलपरासी पश्चिम–२ मा कांग्रेसका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापा र कँडेलले मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरिएको हो । नवलपरासी–१ बाट आम जनता पार्टीकी उम्मेदवार मायाकुमारी थापाको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम भएका कारण खारेज भएको हो । काठमाडौं–१० मा मितेरी पार्टीकी सुमित्रा बस्नेतको पनि उम्मेदवारी खारेज भएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा भएका कारण उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,428 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी हत्यारा र हाइज्याकरलाई बहिष्कार गरौं : थापा