काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरी सर्वोच्च अदालत पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।
सम्बन्धित समाचार
बन्दसत्रको निर्णयका आधारमा म अघि बढ्छु: सभापति देउवा
महाधिवेशन मतदाता नामावलीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध
सहमति नजुट्दा कांग्रेसमा फुटको सन्त्रास
चार तारा र रूख अब गगन थापा पक्षको
फुटपछिको कांग्रेसः शेरबहादुरका ६ विकल्प, गगनका ५ अवसर
कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा
मत तान्न ‘भाइरल चटक’ गर्दै उम्मेदवार






