दुईदिने फोटो प्रदर्शनी सुरु

फाइल तस्बिर

चितवन । राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरले दुईदिने अस्थायी फोटो प्रदर्शनी सुरु गरेको छ । यहाँको चितवन माध्यमिक विद्यालयमा सङ्ग्रहालयमा सङ्ग्रहित महत्त्वपूर्ण वस्तुहरूको अस्थायी फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । उनले सक्षम विद्यार्थी वन्नका लागि अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै ध्यान दिन जरुरी रहेको बताए । उनले भने, “विद्यार्थीहरूले किताबका ज्ञान मात्रै नभई बाह्य ज्ञानका कुरामा समेत ध्यान दिन आबश्यक रहेको छ ।” विद्यार्थीहरूका लागि कला संस्कृतिको जानकारी लिनका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

सङ्ग्रहालयकी प्रमुख जयन्ती प्रधान श्रेष्ठले सङ्ग्रहालयमा भएका कला, संस्कृतिका ’boutमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिँदै आइएको जानकारी दिइन् । यस सङ्ग्रहालयसम्म पुग्नका लागि विद्यार्थीहरूको सहज पहुँच नहुने भएकाले हरेक वर्ष एउटा जिल्लाका विद्यार्थीहरूलाई फोटो प्रदर्शनीमार्फत त्यहाँको ’boutमा जानकारी गराउने गरिएको उनले बताइन् । उनले भनिन्, “विगत १० वर्षदेखि यो कार्यक्रम गर्दै आएका छौँ ।” अनौपचारिक शैक्षिक केन्द्रको रूपमा यस सङ्ग्रहालय रहेको बताउँदै उनले विद्यार्थीहरूले इतिहासको ’boutमा समेत ज्ञान लिन सहज हुने बताइन् ।

उनका अनुसार सङ्ग्रहालयमा रहेका कला, संस्कृतिको केही प्रतिनिधिमूलक तस्बिरहरू प्रदर्शनीमा राखिएको छ । विसं २०१७ मा स्थापना भएको यस कला सङ्ग्रहालयमा चित्रकला, प्रस्तरकला, धातुकला र काष्ठकलाहरू सङ्कलन गरेर राखिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मी, चितवन माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विश्वप्रसाद बास्तोलालगायतले यस प्रदर्शनीले विद्यार्थीहरूले नेपालको पुरानो कला संस्कृतिको ’boutमा ज्ञान दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

१९ माघ २०८२