काउन्सिलद्वारा आचारसंहिता विषयक छलफललाई निरन्तरता

काठमाडौं । ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार प्रेस काउन्सिल नेपालमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताए ।

पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उनले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिए । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गरे ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय उदाहरणसहित पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता र मिडियाको भूमिका विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।

उनले तथ्यगत पुस्ट्याँइबेगरका सामग्री सम्प्रेषण गर्न नहुने धारणा राख्दै निर्वाचनका समयमा सबै दल र उम्मेदवारलाई समान किसिमबाट कसरी समेट्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले सम्पादकहरूसमक्ष पूर्वाग्रही नभइ समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा सञ्चार माध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरी’bout जानकारी गराएका थिए । उक्त कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कुलबहादुर जिसीले निर्वाचन आचारसंहितामा सञ्चार माध्यम, सञ्चारकर्मी तथा पत्रकारले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था, निर्वाचनका समयमा आकर्षित हुने अन्य कानुनलगायतका विषयमा ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा गोरखापत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेत, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, ताजाखबर साप्ताहिकका ईश्वरी वाग्ले, मध्यान्ह दैनिकका जनक नेपाल लगायतका सम्पादकले सञ्चार माध्यम जिम्मेवार हुँदाहुँदै पनि सबैलाई छापा माध्ययममा समान ठाउँ दिन नसकिएको धारणा राखेका थिए ।

काउन्सिलका सदस्य एवं छापामाध्यमका फोकल पर्सन पदमराज जोशीले सहजीकरण गरेको उक्त कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमनका सन्दर्भमा उठेका जिज्ञासाको सम्बोधन गर्दै आचारसंहिताका विषय र पछिल्ला प्रवृत्ति’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण