नेपाल पुनःनिर्माण कोषमा नौ लाख सहयोग

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनःनिर्माण कोषका लागि करिब रु नौ लाख बराबर सहयोग गरेको छ ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराउनुभएकामा धन्यवाद दिइन् । उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।”

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु