सप्तरीमा मतदाता रिझाउन अनेक दाउ

राजविराज । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागी प्रचार प्रसार सूरु गर्ने मिती फागुन ४ गते देखी तोकिएको छ । तर उम्मेदवारहरु अहिले देखी नै विभिन्न जुक्ती निकालेर प्रचार प्रसार गर्ने र मतदाता रिझाउने प्रयासमा जुटेका छन ।

यस क्रममा उम्मेदवारहरु कोठे बैठक र घरदैलोमा मात्र नभई खेतवारी र खेलकुद प्रतियोगिता भइरहेको खेलमैदान सम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागेका छन ।

प्रचार प्रसारको समय तोकिएको अगावै विभिन्न जुक्ती निकालेर खेतवारी देखी खेलकुद मैदान सम्म पुग्दै उम्मेदवार

“अरु बेला भेट्न खोज्दा पनि न सकिने नेताहरु अहिले घर, खेतवारी तथा प्रतियोगिता स्थल मै पुगेर नमस्कार गर्दै भोट माग्न थालेपछी सबै दंग पर्ने गरेको तिलाठी कोइलाडी गाउँपालिका १ का रुपकान्त मिश्रले सुनाए ।

तिलाठी कोइलाडी गाउँपालिकामा ३ दिन देखी जारी साकेतचन्द्र मिश्र स्मृती अन्तराष्ट्रिय कुश्ती प्रतियोगिता चलिरहेकै बेला विभिन्न दलका उम्मेदवार खेल मैदान मै पुगेर दर्शकहरुलाई नमस्कार गर्दै मतमाग्न आएको स्थानीयवासी मिन्टु मिश्राले सुनाए ।

प्रतियोगिता हेर्न आएका हज्जारौ दर्शकलाई देखेर उत्साहित भएका कतिपय उम्मेदवार त आचारसहिता विर्सेर आफ्नो पक्षमा मत माग्दै भाषण नै ठोकेको स्थानीवासी श्यामकान्त मिश्रले सुनाए ।

“कुश्ती प्रतियोगिता हेर्न हजारौ दर्शक पुगेका बेला अचानक विभिन्न दलका उम्मेदवारहरु पनि पालै पालो पुगेर आ–आफनो पक्षमा मत माग्दै हिडेको तिलाठी कोइलाडी गाउँपालिका २ का दिनेश मण्डलले सुनाए ।

उनीहरु जस्तै राजविराज १० डुमरीका राम लखन साहले पनि नेताहरु खेतवारी मै आइपुगेको देख्दा अचम्म लागेको बताए । “खेतमा फुल रोप्दै गरेका बेला कहिल्यै न देखेका एक उम्मेदवार बारी मै आईपुगे, साहले भने –मत मात्र मागेनन, खुट्टा ढोक्दै आर्शिवाद पनि मागे ।” हुन त नेताहरु हाम्रो काममा सघाउने होइनन, तर मत र आर्शिवाद माग्न खेतवारी मै आइपुगे पछि आश्वासन दिएर पठाएको हुँ उनले भने । यद्यपी आफनो टोलका वासिन्दाले कसलाई मत दिने भन्ने सोँच अहिले बनाई न सकेको उनको कथन छ । प्रचार प्रसार सूरु गर्ने मिती अझ २ साता भन्दा बढी बाँकी रहेको छ, तर त्यस अगावै नै विभिन्न पार्टीका नेता–कार्यकर्ता आ आफ्नो सवारी साधनमा चुनाव चिन्ह अंकित झण्डा फहराउँदै आफनो उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्दै हिडेका छन ।

४ लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा प्रतिनिधी सभाका ४ निर्वाचन क्षेत्र छन । सबै क्षेत्रमा निर्वाचनलाई लिएर गजबको उत्साह देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै