सप्तरी कारागारमा विगतभन्दा तीन गुणा बढी मतदाता

राजविराज ।अघिल्लो निर्वाचनको तुलनामा राजविराज स्थित सप्तरी कारागारमा बन्दी अवस्थामा रहेका मतदाताको संख्या यसपल्ट तीन गुणाले बढी हुने देखिएको छ ।

निर्वाचन कार्यालयले सुरु गरेको मतदाताको लगत संकलनका क्रममा यस्तो अवस्था देखिएको हो । २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४७ जना कैदी बन्दीले मतदान गरेका थिए । यसपल्ट तथ्यांक संकलनका क्रममा उक्त संख्या बढेर १६० पुगेको जेलर गंगालाल योगीले बताए ।

उनले संकलित विवरण’bout जिल्ला निर्वाचन कार्यालयका कर्मचारीले अध्ययन गरी अन्तिम नामावली तयारपार्ने सुनाए ।

कारागारमा हाल क र ख गरी दुई ब्लकमा कुल ३ सय ७६ कैदी बन्दी छन् । जसमध्ये ७ जना भारतीय नागरिक छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले कारागारबाट प्राप्त विवरण तथा मतदाता सुचीको अध्ययन कार्य भईरहेको भन्दै केही दिन भित्रै यकिन संख्या बताउने जानकारी दिए ।

उनले मताधिकार प्राप्त गर्ने कैदीबन्दीका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी समेत दिए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कैदी बन्दीले पनि मतदान गर्न पाउने अघिल्लो २०७९ को निर्वाचन देखि नै व्यवस्था भए बमोजिम यसपल्ट पनि मतदान केन्द्रको व्यवस्था मिलाउने उनको भनाई छ । मतदाता नामाबलीमा समेटिएका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदानका लागि कारागारमा एउटा अस्थायी मतदान केन्द्र राखिने उनले जानकारी दिएका छन् ।

सप्तरीमा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन् । यसका लागि जिल्लामा २९६ मतदान स्थल र ५ सय ६२ मतदानकेन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान