काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहोस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।
अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो । अस्पतालका अनुसार उनको आइतबार १२ः४५ मा मृत्यु भएको हो ।
शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । ४५ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।
बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन हुँदै
सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट
दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने पाठक
कपिलवस्तुमा कुष्ठरोग अझै चुनौती, छ महिनामा ३९ नयाँ बिरामी पहिचान
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न अस्पताल पुगे बालेन






