यूएईले २ सय ६७ जना नेपालीलाई दियो आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

यूएई आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा नेपाली कैदीलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएईले नेपाली कैदीलाई आमाफी दिएको बताएको हो ।

आममाफी पाएका नेपाली नागरिकले अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेर नेपाल आउने सक्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईले २ सय ६७ जना नेपालीलाई दियो आममाफी