मापदण्डविपरीत रिलायन्स स्पिनिङको सेयर सूचीकरण प्रयास

काठमाडौं । राज्यका निकायलाई दबाब र प्रभावमा पारेर आईपीओे जारी गरेको आरोप लागेको रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकृत गर्न विद्यमान व्यवस्था नै परिवर्तन गर्न लागिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं र अर्थ मन्त्रालयका उपसचिव देवनारायण पौडेलको पहलमा प्रावधान परिवर्तनको गृहकार्य भएको हो ।

नेप्सेका सीईओ र अर्थ मन्त्रालयका उपसचिवकै संलग्नतामा अनियमितता

उपसचिव पौडेल अर्थ मन्त्रालयको तर्फबाट नेप्से सञ्चालक समिति सदस्य छन् । बुक विल्डिङ विधिबाट आईपीओ े जारी गरेको रिलायन्सले संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९ सय १२ रुपैयाँ र सर्वसाधारणलाई प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसामा सेयर बिक्री गरेको थियो । राज्यका निकायसँगको मिलेमतोमा महँगोमा सेयर बिक्री गरिएको भन्दै यस विषयमा विभिन्न निकायमा उजुरी परेपनि प्रभावशाली व्यवसायीको दबाबमा रिलायन्सको सेयर बिक्री प्रक्रियासम्बन्धी अनुसन्धान रोकिएको छ ।

रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवनकुमार गोल्यान, निर्देशक शशीकान्त अग्रवाल र एमडी अक्षय गोल्यान छन् । सो कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुनुपर्ने हुन्छ । नेप्सेले अहिलेसम्म गरिरहेको अभ्यासअनुसार सो कम्पनीको सेयर सूचीकृत गरी मूल्यसीमा तोक्दा आईपीओेको मूल्यभन्दा निकै कम मात्रै तोकिने भएकाले उपसचिव पौडेलको आडमा सीईओ चापागाईंले प्रचलित व्यवस्था नै परिवर्तनको गृहकार्य थालेका हुन् ।

५ सय ९० नेटवर्थको सेयरलाई ९ सय १२ को आईपीओ
रिलायन्स स्पिनिङले सेयर सूचीकृत गर्न यी ३ वटा मापदण्ड नै अस्वीकार गर्दै नयाँ व्यवस्था गर्न भनेपछि नेप्सेका सीईओ चापागाई ं र अर्थका उपसचिव पौडेलले नयाँ विकल्प खोजी गरेका हुन् । रिलायन्स स्पिनिङ मिल्सको अंकित मूल्य (फेस भ्यालु) प्रतिकित्ता १ सय रुपैयाँ छ । यो व्यवस्थाअनुसार सो कम्पनीको मूल्यसीमा तोकिए प्रतिकित्ता ९० रुपैयाँदेखि १ सय १० रुपैयाँको हाराहारीमा हुन्छ । कम्पनीको नेटवर्थ १ सय ७९ रुपैयाँ ४५ पैसा रहेको विवरण पत्रमा उल्लेख छ ।

उनको समितिले गत बिहीबार बुक विल्डिङ विधिबाट आईपीओे जारी गरेका कम्पनीको हकमा बुक विल्डिङ विधिबाट जति मूल्य तय हुन्छ, सोही मूल्यमा नै सेयर मूल्य सीमा तोकी सूचीकृत गर्न सकिने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

‘कानुन समितिका संयोजक पौडेल र नेप्सेका सीईओ चापागाईको सहमतिमा बुक विल्डिङ विधिबाट आईपीओ े जारी गरेका कम्पनीको हकमा बेग्लै व्यवस्था गर्ने भनेर नयाँ व्यवस्था पनि फाइनल गरिसकेको छ,’ स्रोतले भन्यो, ‘नयाँ व्यवस्था कार्यान्वयनको लागि सञ्चालक समितिमा पुगेर सोहीअनुसार निर्णय हुन सक्ने अवस्था छ ।’ रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक विल्डिङ विधिबाट बिक्री गर्दा विवाद भएको थियो ।

सेयर सूचीकृत हुँदा सो मूल्यभन्दा कममा सूचीकृत भएमा पहिला मिलेमतोमा बढी मूल्य तय भएको पुष्टि हुने सन्देश जाने भन्दै रिलायन्स स्पिनिङ मिल्सले नेप्सेका सीईओ र अर्थ मन्त्रालयका उपसचिव पौडेललाई प्रभावमा पारेर नयाँ व्यवस्था ल्याउन खोजेको स्रोतको दाबी छ ।

नेप्से र अर्थ मन्त्रालयका अधिकारीको यो हदको चलखेल
स्रोतले दिएको जानकारी अनुसार नेप्सेले बुक विल्डिङ विधिबाट आईपीओे जारी गरेका कम्पनीको हकमा भनेर नयाँ व्यवस्था गर्न लागेको छ । अर्थका उपसचिव पौडेल नेप्सेको कानुन समितिका संयोजक पनि हुन् ।

सेयर सूचीकृत मूल्य सीमा मापदण्डको धज्जी
अहिलेसम्म नेप्सेमा सेयर सूचीकृत हुँदा मूल्य सीमा तोक्ने ३ वटा आधार अभ्यासमा छन् । अंकित मूल्य वरावर, अंकित मूल्यको तीनगुणासम्म वा चुक्ता मुल्यभन्दा नेटवर्थ ऋणात्मक भएमा सो नेटवर्थको तीनगुणासम्मको मूल्य कामय हुनेगरी मूल्यसीमा (प्राइस रेन्ज) तोक्ने अभ्यास नेप्सेले गरिरहेको छ । ‘नयाँ कम्पनी सूचीकृत हुँदा प्राइस रेन्ज कति तोक्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन,’ नेप्सेका एक अधिकारी भन्छन्, ‘धितोपत्र बोर्डले असल अभ्यासका आधारमा तोक्नु भनेकाले नेप्से सञ्चालक समितिले ३ वटा आधार तय गरेको थियो । ती ३ वटा आधारमा फेस भ्यालुबराबर वा नेटवर्थबराबर वा नेटवर्थको ३ गुणासम्मको रकममा १० प्रतिशत तलमाथि गरेर तय गर्ने गरिएको छ ।’

कम्पनीको नेटवर्थबराबर मूल्यसीमा तोक्दा यही रकमको १० प्रतिशत कम वा बढी हुन्छ । यस कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्यलाई लिने हो भने प्रतिकित्ता ५ सय ३८ रुपैयाँ ३५ पैसाको १० प्रतिशत तलमाथि हुन्छ ।

नेप्सेले अंगीकार गर्दै आएको अहिलेको व्यवस्थाअनुसार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य कम्तीमा प्रतिकित्ता ९० रुपैयाँ तोक्न सकिने अवस्था छ भने बढीमा प्रतिकित्ता ५ सय ९० रुपैयाँको हाराहारीसम्म हुन सक्छ । तर, रिलायन्सले संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९ सय १२ रुपैयाँ र सर्वसाधारणलाई प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसामा आईपीओे जारी गरेको थियो । अहिलेको व्यवस्थाअनुसार मूल्य तोक्दा अधिकतम मूल्य पनि आफूले आईपीओे जारी गरेको मूल्यभन्दा निकै कम हुने भएपछि रिलायन्स स्पिनिङ मिल्सले आङ्खनो शक्ति प्रयोग गरेर नेप्सेलाई नयाँ मापदण्ड बनाउन दबाब दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने