वैदेशिक हुलाक भन्सारमा छापा, ३ कर्मचारी घुस रकमसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग अवैध रकम लेनदेन भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजार परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा भन्सार अधिकृत इन्द्र न्यौपाने, नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी रहेका छन् ।

आयोगका अनुसार पक्राउ परेका कर्मचारीहरूको साथबाट घुसबापत लिएको रकम तथा स्रोत नखुलेको ठूलो परिमाणको नगद समेत बरामद भएको छ । कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसको १० हजार र स्रोत नखुलेको १ लाख ३६ हजार ४२० गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ ।

त्यसैगरी, हुलाक भन्सार पार्सल (निकासी) शाखाका नासु रिजालको साथबाट घुसको २० हजार र अन्य स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको आयोगले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक हुलाक भन्सारमा छापा, ३ कर्मचारी घुस रकमसहित पक्राउ