अस्ताए चितवनका शिक्षा सेवी रामचन्द्र अधिकारी

चितवनका पूर्व क्षेत्रीय शिक्षा उपनिर्देशक रामचन्द्र अधिकारीको गत साता काठमाडौंको आफ्नै निवासमा निधन भयो । चितवन रत्नगरनगरपालिका १४ डुम्रीचोक पीठूवाका स्थायी बासिन्दा अधिकारीको ७८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दमका विरामी उनी पछिल्लो समयमा काठमाडौ वस्दै आएका थिए । उनी लमजुङ दुराडाँडाबाट चितवन बसाईसराई गरी आएका हुन् ।

चितवन आएसँगै २०१६ सालदेखि शिक्षण सेवामा प्रवेश गरे । चितवनको शक्तिखोरमा रहेको चर्तुंमुख माध्यमिक विद्यालयबाट उनले शिक्षण सेवा शुरु गरेका थिए । उनले २०१९ सालमा देवौली प्रावि पढाउन थाले । त्यसपछि उनले सोही विद्यालयलाई नेपाल माध्यमिक विद्यालय बनाउन हरप्रयासमा लागे । उनकै पहलमा उक्त विद्यालय चितवन जिल्लाको दोस्रो माध्यमिक विद्यालय बन्न सफल भयो । उक्त विद्यालयलाई नेपाल माध्यमिक विद्यालय बनाउन उनको अतुलनीय भूमिका रहेको सोही विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व सांसद एकनाथ रानाभाटले बताए । उनी नेपाल माध्यमिक विद्यालय रत्ननगरका पूर्व प्रधानाध्यापक समेत थिए । साथै नेपालको प्रजातन्त्रिक आन्दोलनमा पनि उनको उल्लेखनीय भुमिका रहेको छ ।

वि.सं. २०२८ सालमा तत्कालीन सरकारले लागू गरेको नयाँ शिक्षा ऐनको विरोध गर्ने क्रमममा ९ महिना जेलमा पनि बसेका थिए । सो विरोध गर्ने क्रममा उनीसँगै पूर्वमन्त्री नारायण शर्मा पौडेल, प्रजातान्त्रिक योद्धा केशव न्यौपाने, पञ्चबहादुर नेपाली र नेविसंघका तत्कालीन चितवन अध्यक्ष सागरकुमार पाठक जेल परेका थिए । त्यसपछि हरेक आन्दोलनमा उनी शासकको निशानामा परे ।

शिक्षण सेवामा रहेर पनि मुलकमा खोसिएको प्रजातन्त्रको पुनस्र्थापनाका लागि उनी लागि नै रहे । यसै क्रमममा उनले लोकसेवाबाट माध्यमिक विद्यालय निरीक्षककमा नाम पनि निकाले । २०४२ सालको सत्याग्रहमा पनि उनको भूमिका प्रशंसनीय रहेको उनकै अर्का विद्यार्थी तिलक पौडेल बताउँछन् । उनले मनाङ र लमजुङ जिल्लालगायतका अन्य धेरै जिल्ला शिक्षा अधिकारीको भएर काम गरे । उनले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएका छन् । उनले माध्यमिक विद्यालय निरीक्षक हुने क्रममा नै २०४६ सालमा तत्कालीन पञ्चायत सरकारले उनलाई जागिरबाट नै निष्कासित गरेको थियो ।

प्रजातन्त्र आएपछि उनी जागीरमा पुर्नवबहाली भए । त्यसपछि उनले जिल्ला शिक्षा अधिकारीको नेतृत्व सम्माले । त्यसपछि उनी पूर्वाअन्चल क्षेत्रीय शिक्षा निर्देशकालयमा उपनिर्देशक भए । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय निर्देशानालयमा उपनिर्देशक रुपमा कार्यरत अवस्थामा नै उनी सेवानिवृत्त भए । नेपालको शैक्षिक साथसाथै प्रजातान्त्रिक आन्दोलनमा पूर्वक्षेत्रीय उपनिर्देशक अधिकारीको उल्लेखनीय भूमिका रहेको पूर्वसांसद रानाभाट सम्झन्छन् ।

उनका अनुसार नयाँ शिक्षा ऐनको विरोध गर्दा जेल पर्दा उनलाई छुटाउन एकनाथ भाट र तिलकराज पौडेल अग्र मोर्चामा थिए। उनीहरु त्यसबखत नेपाल माध्यमिक विद्यालयकै कक्षा १० मा पढ्थे । उनीहरु दुबैजनाले प्रधानाध्यापक अधिकारीलगायत ५ जनाको रिहाई र पंचायती ब्यबस्थाबिरूद्ध जनमत तयार गर्न अगाडि बढेका थिए ।

यसै क्रममा २०२८ पुष १ उनीहरु दुवै पक्राउ परे। उनीहरु दुवैलाई राजकाज अपराध ऐनअन्तर्गत वीरगन्ज जेल चलान गरिएको थियो । आफूले पढाएको विद्यार्थीहरु पनि जेलमा परेपछि सोही जेलमा नै रहेका उपनिर्देशक अधिकारी खुशी भएको पूर्वसांसद रानाभाटले बताए । त्यसो त रानाभाट आफू २०५६ सालमा सांसदमा निर्वाचित हुँदा पनि उपनिर्देशक एकदमै खुशी भएका थिए ।

जेलमा रहदा क्षेत्रीय शिक्षा उपनिर्देशक अधिकारीसँग जेलमा नै अध्ययन गरेको अनुभव पनि पूर्व सांसद रानाभाटले सनाए । सांसद रानाभाट क्षेत्रीय शिक्षा उपनिर्देशक अधिकारीलाई राजनीति गुरु पनि मान्छन् । यसै सन्दर्भमा पूर्वसांसद रानाभाटले भने, “ नेपालको राजनीति र शिक्षा वृत्तमा एक ऐतिहासिक, होनहार सपुतको अवसान छ ।” त्यसो त नेपाली कांग्रेस चितवनले पनि अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएको छ।

उनको पार्थिव शरिरमा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पुर्व जिल्ला सभापति टिकाराम न्यौपाने, पूर्व सांसद एकनाथ रानाभाटले र नेपाली कांग्रेस रत्नगरका सभापति रुपनराज घिमिरेले सयुक्त रुपमा कांग्रेसको झन्डा ओढाएका थिए ।

स्वर्गीय अधिकारीको दुई श्रीमती, दुई छोरा र छोरी छन् । छोरी ज्योत्सना ढकाल भरतपुर महानगरपालिका १८ को वडा सदस्य हुन् भने जेठी बहारी रीता अधिकारी नेपाल महिला संघ चितवनको जिल्ला कोषाध्यक्ष हुन् । छोराहरु हरिषचन्द्र र विप्लबचन्द्र अधिकारी नेपाल विद्यार्थी संघ चितवनका पूर्व विद्यार्थी नेता हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी