कर्णालीमा फैलिँदै कोरोना, संक्रमतिको संख्या ४६ पुग्यो

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा बिहिबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दैलेख नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, वडा नम्बर ३ का १९ वर्षीय किशोर र ३०, ३६, ४० वर्षीय पुरुष रहेका छन् ।

सोही नगरपालिकाका ४ का २० वर्षीया महिला र १ वर्षीय बालक र वडा नम्बर ५ का १७ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखाप्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । संक्रमित सबैलाई जिल्ला अस्पताल दैलेखको सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए । यसअघि दैलेखमा ८ जनामा कोरोना देखिएको थियो । सुर्खेतमा बुधवार मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णाली प्रदेशमा हिजो १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ ।

मंगलबार धुलियाबिट र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको अस्पतालका निर्देशक डाक्टर खड्काले जानकारी दिए । कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको जोखिम बढेको छ । कोरोना संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग