हस्तकला उद्यमीलाई सशक्त बनाउन काठमाडौंमा हक्राफ्ट मेला सम्पन्न

काठमाडौं । महिला हस्तकला उद्यमीलाई व्यवसायमा सशक्त बनाउने उद्वेश्यले काठमाडौंमा संचालन भएको ‘हक्राफ्ट मेला २०२६’ सम्पन्न भएको छ । हक्राफ्टद्वारा आयोजित उक्त मेला काठमाडौंको होटल द्वारिकाजमा सम्पन्न भएको हो । मेलामा नेपाली जैविक कपडाबाट निर्मित हस्तनिर्मित गृह सजावटका सामग्री तथा दैनिक प्रयोगका वस्तुहरूको विशेष संग्रह प्रदर्शन गरिएको एक्सन एड नेपालले जनाएको छ ।

एक्सन एड नेपालको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रमले हक्राफ्ट नेपाललाई महिला नेतृत्वमा सञ्चालित सामाजिक उद्यमका रूपमा थप स्थापित गरेको आयोजकले जनाएको छ। साथै, यस पहलमार्फत पारम्परिक नेपाली हस्तकलालाई समकालीन बजारसँग जोड्ने प्रयास गरिएको उल्लेख गरिएको छ।

प्रदर्शनीमा राखिएका सामग्रीहरूले महिला हस्तकला उद्यमीहरूको सीप, सिर्जनशीलता र समर्पणलाई उजागर गरेका थिए । मेलाबाट प्राप्त सम्पूर्ण आम्दानी महिला उद्यमीहरूको आर्थिक आत्मनिर्भरता सुदृढ गर्न तथा सामुदायिक विकासका विभिन्न पहलहरूमा पुनः लगानी गरिने एक्सन एडले जनाएको छ ।

होटल द्वारिकाजको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै समावेशी आर्थिक विकास प्रवर्द्धनमा महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको महत्वपूर्ण भूमिकालाई उजागर गरेको आयोजकको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

बैंकका सीईओको तलबमा कडाइ