राजविराज । रोजगारीका लागि १३ वर्ष अघि भारत गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का अमरिश मिश्रा सम्पर्क बिहीन भएका छन् ।
रोजगारीका लागि भारतको राजधानी नयाँ दिल्लीमा एक कारखानामा काम गर्न गएका उनी १३ वर्षदेखी परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि पहल गरिदिन परिवारजनले सबैमा अपिल गरेको छ ।
उनी १८ वर्ष कै उमेर हुँदा रोजगारीका लागि भारतको दिल्ली पुगेका थिए । लामो समयदेखी छोरा सँग सम्पर्क नहुँदा परिवार निकै पीडामा छन् । आफ्ना छोराको खोजी कार्यमा सघाउन बृद्ध बुबा अमोल, आमा रेखा र भाई निकुन्जले सबैमा अपिल गरेका हुन् ।
उनलाई कुनै पनि ठाउँमा देख्नेले जानकारी गराईदिन पनि परिवारजनले अपिल गरेका छन् । भाई निकुन्जका अनुसार दिल्लीस्थित कारखानामा काम गर्न १३ वर्ष अघि दोश्रो पटक अमरिश पुगेका थिए । यस भन्दा अघि उनी सोही कारखानामा दुई वर्ष जति काम गरेर फर्किएका थिए । दोश्रो पटक दिल्ली जाँदा “उक्त कारखानामा साहुजीसँग ३०–४० हजार रुँपैया लिन बाँकी छ, सो रकम लिएपछी केही दिन उतै बसेर फर्किन्छु, भन्दै घरबाट हिडेका दाजु अमरिश अहिलेसम्म फर्केका छैनन्” उनले भने ।
उनले दाजु अमरिश ’bout उक्त कारखानाका संचालकसँग जिज्ञासा राख्दा “आफ्नो कारखानामा काम छाडेको र त्यसपछी कहाँ गयो भन्ने कुरा केही थाहा नभएको” भनी जवाफ फर्काएको सुनाए ।
मिश्राको परिवार, आफन्त र साथीभाई समेत फोटो बोकेर सम्भावित स्थानहरुमा खोजीमा जुटेका छन् । बैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेका अमरिशको अवस्था पत्ता लगाउन त्यहास्थित नेपाली दुतावासले पनि कुनै सहयोग नगरेको परिवारजनको गुनासो छ ।
परिवारले नेपाल प्रहरी तथा भारतको वेपत्ता खोजतलास केन्द्रलाई समेत अमरिशको खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।
सम्बन्धित समाचार
मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
दुर्घटनामा परी राम टोलका दुई रामको मृत्यू
तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
सप्तरीमा हराएका २६ मध्ये २० जना भेटिए






