बालिका बलात्कार आरोपमा दाङमा वृद्ध पक्राउ

सांकेतिक तस्वीर

तुलसीपुर । बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् ।

१० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

प्रहरीले चौधरीलाई बिहिबार पक्राउ गरेको थियो । घटना १३ गते बेलुका भएपनि प्रहरीले भने ढिला खबर पाएको जनाएको छ । आरोपीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरले चलाउने छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो