बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरे ।

उनले १७ हजार ९१ मत ल्याए । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो