सिटी र आर्सनलले पहिलो दिन खेल्ने

लन्डन । विश्वव्यापी बनेको कोरोना महामारीका कारण दुई महिनाभन्दा बढी समयदेखि स्थगित रहेको इंग्लिस प्रिमियर लिग १७ जुनबाट सुरु हुने भएको छ । १७ जुनमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानेचस्टर सिटी र आर्सनलबीच खेल हुने प्रिमियर लिग आयोजकले जनाएको छ ।

जुन २८औं चरणको बाँकी रहेको खेल हो । २९औं चरणको खेलहरू १९ अथवा २१ जुनबाट सुचारु गर्ने विषयमा क्लबहरू अहिले छलफलमा जुटिरहेको छ । क्लबहरू यही निर्णयमा पुग्न सहमत भएको बुझिएको छ । सबै खेल ‘क्लोज डोर’मा हुनेछ । प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेको छ । प्रिमियर लिग क्लबहरूले बिहीबारदेखि नै कन्ट्याक्ट प्रशिक्षण सुरु गरिसकेको छ । प्रिमियर लिगको नौ चरणको खेल बाँकी रहँदा मर्सिसाइड क्लब लिभरपुल ८२ अंक जोडेर उपाधिनजिक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५७ अंक जुन शीर्षस्थानमा रहेको लिभरपुलभन्दा २५ अंक कम हो । सिटीले लिभरपुलले भन्दा एक खेल कम खेलेको छ ।

लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । दुई खेलमा जित हात पारे लिभरपुल ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बन्नेछ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छ । यस्तै, फुटबल एसोसिएसनले एफए कपको खेल तालिका सार्वजनिक गरेको छ । एफएले जुन २७ र २८ मा क्वार्टर फाइनलका खेल खेलाउने निर्णय गरेको छ । फाइनल अगस्ट १ को लागि तय गरिएको छ । प्रिमियर लिगका क्लबहरू १७ जुनबाट स्थगित लिग सुचारु गर्न सहमत भएपछि एफएले पनि एफए कपको खेलहरू पुनः सुरु गर्ने मिति तय गरेको हो । क्वार्टर फाइनलमा लेस्टर सिटी र चेल्सी, न्यु क्यासल यनाइटेड र म्यानचेस्टर सिटी, सेफिल्ड युनाइटेड र आर्सनल तथा नर्विच सिटी र म्यानचेस्टर युनाइटेडबीच खेल तालिका तय छ ।

ला लिगाको नयाँ मिति तय
स्पेनिस ला लिगा जुन ११ बाट सुरु हुने भएको छ । ला लिगाका अध्यक्ष जेभियर टेवासले बिहीबार भएको क्लबको बैठकपछि यो सिजनको बाँकी खेलहरू ११ जुनबाट सुरु भएर १९ जुलाईमा सकाउने बताएका हुन् । यो मितिअनुसार ला लिगाका बाँकी रहेका ११ राउन्डका ११० खेल ३९ दिनमा सम्पन्न हुने छ । ११ जुनमा सेभिया र रियल बेटिसको खेलबाट स्थगित ला लिगा पुनः सुरु हुनेछ ।

अध्यक्ष जेभियर टेबासले हरेक दिनको विश्रामपछि खेल हुने जानकारी गराएका छन् । स्पेनिस फुटबल महासंघ र ला लिगाबीच सिजनको बाँकी खेलको तालिकामा सहमति जुटेको छ । सबै खेल बन्द रंगशालामा हुनेछ । खेलको दौरान प्रत्यक्ष प्रसारण हेरिरहेका समर्थकले दर्शकको आवाजसमेत सुन्न पाउनेछन् । खेलको दौरान दर्शकले पुरानो आवाज सुन्न सकिने व्यवस्था गरिएको ला लिगाले जनाएको छ । ला लिगमा २७ चरणको खेल सम्पन्न भइसकेका छन् । ला लिगामा ११ चरणका खेल बाँकी छन् । बार्सिलोना ५८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । रियल म्याड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ । मलोर्का, लेगानेस र इस्पान्योल रेलिगेसन जोनमा छ ।

सिरी ‘ए’ २० जुनदेखि सुचारु हुने
कोरोना महामारीका कारण मार्च दोस्रो सातादेखि स्थगित इटालियन सिरी ‘ए’ २० जुनदेखि सुचारु हुने भएको छ । इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ‘ए’ जुन २० देखि सुरु हुने जानकारी गराएको हो । देशव्यापी लकडाउनका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित भएको थियो । सिरी ‘ए’ क्लबहरूले विगत एक महिनादेखि नै प्रशिक्षण सुरु गरिसकेको छ । इटाली सरकारले जुन १४ सम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि इटाली फुटबल फेडेरेसन (एफआईजीसी)ले जुन दोस्रो सातादेखि सिरी ‘ए’ सुचारु गर्ने योजना बनाए पनि धक्का लागेको थियो ।

इटालीका प्रधानमन्त्री गुइसेप्पे कोन्टेले १४ जुनसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएका थिए । खेलकुदमन्त्री स्पाडाफोराले बिहीबार तीन सातापछि सिरी ‘ए’ सुरु हुने मिति निर्धारण गरेपछि सिरी ‘ए’ लाई अझै एक साता बढी कुर्नुपर्ने भएको छ । मार्च ९ देखि स्थगित सिरी ‘ए’ सुचारु हुने सम्भावना छ । तर, त्योभन्दा एक साताअघि इटालियन कप सुरु हुन सक्ने खेलकुदमन्त्री स्पाडोफोराले जानकारी गराएका छन् ।

खेलकुदमन्त्री स्पाडोफोराले एफआईजीसी, खेलाडी संघ र सिरी ‘ए’ लिगका प्रतिनिधिसँगको छलफलपछि यो निर्णय भएको घोषणा गरेका हुन् । ‘हामी भन्न सक्छौं । सिरी ‘ए’ २० जुनदेखि सुरु हुन सक्छ । त्यसअघि इटालियन कपको सेमिफाइनल १३ जुनमा र फाइनल १७ जुनमा हुन सक्नेछ,’ खेलकुदमन्त्री स्पाडोफोराले भने । सिरी ‘ए’मा अझै १२ राउन्डको खेल बाँकी छ । २५औं चरणको खेल जारी रहँदा सिरी ‘ए’ स्थगित हुन पुगेको थियो । युभेन्टस ६३ अंक जोडेर शीर्षस्थानमा रहँदा लाजियोलाई ६२ अंक जोडेर युभेन्टसलाई पछ्याइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी