रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

आज न्यायाधीश नहकुल सुवेदी, अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको पेशी तोकिएको थियो । लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने पुस अन्तिममा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । कास्की र रुपन्देही अदालतले भने सर्वोच्चमा विचाराधीन मुद्दाको कारण देखाउँदै लामिछानेमाथिको मुद्दा फिर्ता लिने’bout निर्णय गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम