सिराहामा बम विस्फोट हुँदा एक जना घाइते

फाइल तस्बिर

काठमाडौं । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएको हो ।

बम विस्फोटमा सिराहा ७ का मधुसुधन यादवका छोरा २८ वर्षका सौरभ यादव घाइते भएका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको छ। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ ।

सुतली बमजस्तो देखिने वस्तु कागजमा बेरेको अवस्थामा रहेकाले अहिले घटनास्थलमा बम डिस्पोजल टोली पुगेको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी कमल थापाले बताए ।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा छ। घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला परेको छैन। थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु