काठमाडौं उपत्यकामा साँझसम्ममा वर्षात्‌को सम्भावना

काठमाडौं । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उदयपुर, चितवन, गोर्खालगायतका ठाउँमा थोरै समयका लागि मध्यमदेखि भारी वर्षा भएको हो । गोर्खामा असिना समेत परेको छ ।

मेघगर्जनरचट्याङ्ग सहित पानी पार्ने बादल अझै आकाशमा रहेकोले पानी अझै पर्न सक्ने भन्दै चट्याङ्ग र असिनाबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् सञ्जीव अधिकारीले काठमाडौं उपत्यकाको छेउछाउ पानी परिरहेकाले उपत्यकामा पनि साँझसम्ममा वर्षात्‌को सम्भावना रहेको बताए ।

उनले भने, ‘काठमाडौंमा पानी पार्ने बादल देखिइरहेकाले यहाँ पनि पानी पर्ने सम्भावना धेरै छ ।’

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारण पर्याप्त वर्षा हुन प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहेको उनले बताए ।

जसका कारण केही दिनदेखि देशका धेरै ठाउँमा तुवाँलो देखिएको छ । वर्षात् भए यो विस्तारै हट्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश