काठमाडौं । ‘राजनीतिमा चासो नराख्ने’ भन्दै पन्छिने गरेको जेनजी पुस्ता हस्तक्षेपकारी ढंगले राजनीतिमा प्रवेश गरे पनि पछिल्ला निर्वाचनमा मतदान चासो घट्दै गएको देखिएको छ । योग्य भएर नामावलीमा नाम भए पनि विभिन्न कारण मतदानमा सहभागी हुनेको संख्या पछिल्ला दिन घट्दोक्रममा रहेको छ । मतदाता संख्या वृद्धि हुँदासमेत मतदानको परिणाम घट्दो संख्यामा आउनुले निर्वाचन प्रणालीमा सुधार आवश्यक महसुस भएको निर्वाचन विज्ञ बताउँछन् ।
बहुदलीय व्यवस्थासहितको संविधान जारी भएपछिको २०४८ को निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो भने त्यसपछिका निर्वाचनमा मतदान तथ्यांक घटबढ भइरहेको पाइन्छ । तर, पछिल्ला निर्वाचनमा घट्दो मतदान र बढ्दो मत बदर देखिएको छ । यस निर्वाचनमा ४.४२ प्रतिशत मत बदर भएको थियो
जेनजी आन्दोलनपछि ‘राजनीतिमा बाल !’ भन्ने पुस्ता मतदातामात्र नभई पहिलोपटक नै उम्मेदवार हुँदै सिधै ‘माननीय’ भएर संसद् प्रवेश गर्ने अवस्थामा पुगेको छ । युवापुस्तामा समेत राजनीतिमा व्यापक चासो बढेको पछिल्लो समय मतदान सहभागिता भने कमजोर भएको निर्वाचन तथ्यांकले देखाएको छ ।
जेनजी आन्दोलनपछि गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत हाराहारीमात्रै मत खसेको छ । मतदानको यो अवस्था पहिलो आमनिर्वाचन २०१५ सालपछिको सबैभन्दा कमजोर हो । बहुदलीय व्यवस्था आगमनपछि भएको पहिलो आमनिर्वाचन २०४८ यताका निर्वाचनमा सबैभन्दा कमजोर मतदान तथ्यांकले मतदानप्रति वितृष्णा बढिरहेको अवस्था चित्रण गरेको पाइएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकोमा १ करोड १३ लाख १२ हजार ४ सय ५५ सहभागी भए । यो तथ्यांक ५९.८४ प्रतिशत हो । आयोगले २१ फागुनमा दिएको प्रारम्भिक जानकारीमा १ करोड ९ लाख ७७ हजार ७ सय ११ जनाले मतदान गरेको उल्लेख थियो । यो संख्या कुल मतदाताको ५८.०७ प्र तिशत हुन आएका े थियो । समानुपातिकतर्फ खसेको कुल मतमा ४.१० प्रतिशत मत बदर भएको छ भने प्रत्यक्षतर्फ ५.४५ प्रतिशत बदर भएको छ ।
जेनजी विद्रोहको पृष्ठभूमि र नवयुवापुस्ताको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको मध्यावधि निर्वाचनमा कमजोर मतदानसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले भने विगतका निर्वाचनमा त्रुटि हुने गरेको र दलहरूले मिलेमतोमा ‘बुथ कब्जा’ गरेर बढी मत खसाल्ने गरेको संकेत गरेका थिए । गृहमन्त्री अर्यालले वास्तविक र सक्रिय मतदातालाई अहिलेको मतदानले स्पष्ट पारेको दाबीसमेत गरे ।
बहुदलीय व्यवस्थासहितको संविधान जारी भएपछिको २०४८ को निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो भने त्यसपछिका निर्वाचनमा मतदान तथ्यांक घटबढ भइरहेको पाइन्छ । तर, पछिल्ला निर्वाचनमा घट्दो मतदान र बढ्दो मत बदर देखिएको छ । यस निर्वाचनमा ४.४२ प्रतिशत मत बदर भएको थियो ।
निर्वाचनमा मतदाता शिक्षा बढिरहँदासमेत बदर बढिरहेको पाइएको छ । पछिल्ला समय निर्वाचन आयोगले देशभर तामझाम र पर्याप्त बजेटसहित मतदाता शिक्षालाई तीव्रता दिए पनि बदर मत भने उल्लेख्य रूपमा घटाउन सकेको पाइँदैन । निर्वाचन सन्दर्भमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र देशैभरका वडा तहसम्ममा मतदान सचेतना स्वयंसेवकमार्फत मतदाता शिक्षाको विशेष कार्यक्रम चलाइए पनि बदर अनुपात घटाउन नसकेको आयोग प्रवक्ता भट्टराई बताउँछन् ।
२०४८ सालको आमनिर्वाचनपछि भएको २०५१ को मध्यावधि चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो भने ३.१६ प्रतिशत बदर भएको थियो । ७६ लाख २५ हजार ३४८ मत खसेको २०५१ को निर्वाचनमा ७३ लाख ८४ हजार २७७ मत सदर भएको थियो । यो सदर मतको ९६.८३ प्रतिशत हो । २०५६ सालको निर्वाचनमा मतदानको अवस्था २०५१ कै हाराहारी रह्यो । २०५६ को आमनिर्वाचनमा कुल मतदाताको ६७.१३ प्रतिशत अर्थात् ८८ लाख ९४ हजार ५६६ मत खसेको थियो । यस निर्वाचनमा बदर मत प्रतिशत घटेर २.७१ प्रतिशत थियो ।
२०६२–२०६३ को जनआन्दोलनपछि अर्को एक नवयुवापुस्ता उत्साहसाथ निर्वाचनमा सहभागी हुँदासमेत मतदानको औसत अवस्थामा सुधार भएन । २०६४ सालको निर्वाचनमा १ करोड ११ लाख ४६ हजार ५४० मत खसेको थियो, जुन मत कुल मतदाताको ६३.२९ प्रतिशत थियो । यसमा १ करोड ७ लाख ३९ हजार मत सदर भएको थियो ।
यो अवस्था ९६.३४ प्रतिशत सदर मत हो अर्थात् बदर मतको प्रतिशत ३.६६ प्रतिशत हो । यो निर्वाचनमा पनि युवा मतदातामा निर्वाचन उत्साह हु ँदाहु ँदै पनि मतदाता शिक्षाका अभावका कारण बदर प्रतिशत बढेको अनुमान गरिएको छ । २०७० सालको दोस्रो संविधानसभा चुनावमा ९५ लाख १६ हजार ७३४ मतदाता मतदानमा सहभागी भए । दोस्रो संविधानसभा निर्वाचनमा मतदातामा व्यापक उत्साह भएकै कारण अहिलेसम्मकै सबैभन्दा ७८.७४ प्रतिशत मतदान भएको थियो ।
यसमध्ये ९० लाख ४४ हजार ९०८ मत सदर भएको थियो । ४ लाख ७१ हजार ८२६ अर्थात् ४.९६ प्रतिशत मत बदर भएर मतदाता शिक्षा अभाव भने तथ्यांकले छर्लंगै पारिदिएको देखिन्छ । निर्वाचनमा समानुपातिक र प्रत्यक्ष गरी दुई मतपत्र प्रयोग सुरु भएको २०६४ सालको निर्वाचनदेखि मतपत्रको अन्योल पनि बढेका कारण बदर मत बढ्न थालेको निर्वाचन विज्ञ बताउँछन् ।
संविधान जारी गरेपछि भएको २०७४ सालको चुनावमा कुल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो । दुई चरणमा भएको निर्वाचनको औसत मतदान ६८.६७ प्रतिशत भएकोमा बदर मत प्रतिशत भने झन् बढेर गयो । प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लागि दुई गरी ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले धेरै मत बदर भएको बताइएको यस निर्वाचनको बदर प्रतिशत ५.१६ थियो ।






