पोखरामा महिलालाई यौनकार्यमा लगाउने पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले मानव बेचबिखन तथा ओसारपसारमासम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ । साथै, चार जना युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

गत १ चैतमा पोखराको जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरीको अनुसन्धानमा ती खाजाघरमा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर काम लगाइने र केही समयपछि त्यहाँ आउने पुरुषहरूबाट रकम लिई महिलालाई जबरजस्ती रात बिताउन तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको भेटिएको थियो ।

प्रहरीले घटनामा संलग्न पोखरा निवासी भारतीय नागरिक २४ वर्षीय राधेश्याम शाह र बागलुङको काठेखोला–४ का २८ वर्षीय खेमु थापालाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान बढाइएको जानकारी डिएसपी बस्नेतले दिए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै