दुई कलाकार राष्ट्रिय सम्मानका लागि छनौट

लमजुङ । लमजुङका उपज दुई कलाकार राष्ट्रिय सम्मानका लागि छनौट भएका छन् । सम्मानित हुनेमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ं‘धम्पु’ र ठाडोभाका गायिका सावित्र शाही हुन् । ठाडोभाका लोककला प्रतिष्ठानले उनीहरूलाई सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानले आफ्नो दशौं स्थापना दिवसका अवसरमा यही चैत २० गते उनीहरूलाई सम्मानको तयारी गरेको जनाएको छ । धम्पुको जन्म थलो लमजुङको सुन्दरबजार नगरपालिका– ११ ठूलोस्वाँरा गाउँमा पर्दछ भने शाहीको जन्म थलो लमजुङको क्ब्होलासोथर गाउँपालिका– ७ चरागाउँमा पर्दछ ।

धम्पुलाई ‘ठाडोभाका– देउबहादुर दुरा स्मृति राष्ट्रिय सम्मान’ २०८२ र शाहीलाई ‘ठाडोभाका– ह.ने.सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ २०८२ का लागि छनौट गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार ती दुई पुरस्कारको राशि सम्मान पत्र, दोसल्लाका साथमा क्रमशः नगद ३० हजार रुपैयाँ र २२ हजार २२२ रुपैयाँ रहेको छ । धम्पु ठाडोभाका लोककला प्रतिष्ठान नेपालको संरक्षक हुनुका साथै ठाडोभाका महानायक हुन् । त्यस्तै शाही प्रतिष्ठानले आयोजना गरेको ठाडोभाका दोस्रो खुला प्रतियोगिता– २०ं७६ मा पहिलो स्थान हासिल गरेकी कलाकार हुन् ।

यी पुरस्कार सम्बन्धित सर्जकका परिवारजनको सहयोगमा प्रतिष्ठानले स्थापना गरेको हो । देउवहादुर दुरा (विस– १९५४– १९९४) ठाडोभाकाका सर्जक हुन् । देउवहादुर दुराकी ठाइली नातिनी बुहारी छलीमाया दुराको सक्रियतामा यो पुरस्कार स्थापना भएको हो । एक कार्यक्रममा छलीमायाले प्रतिष्ठानलाई गत वर्ष पुरस्कारको अक्षयकोषका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । सो अक्षयकोषमा प्रतिष्ठानले सतप्रतिशत थप गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यसप्रकार उक्त पुरस्कारका लागि कम्तिमा पाँच लाख रुपैयाँ अक्षयकोष बनाउने लक्ष्य रहेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उक्त पुरस्कारको संरक्षकमा छलीमाया दुरा रहेकी छन् ।

ह.ने. सुवे. सन्तबहादुर गुरुङ( विसं. २०१५– २०८०) चारवर्ष अघि ठाडोभाकाको कार्यक्रममा गाउँदा गाउँदै ढलेर संसारबाट विदा भएका व्यक्ति हुन् । उनको सम्झनामा प्रतिष्ठानकै पहलमा सो पुरस्कार स्थापना गरिएको हो । त्यस पुरस्कारको संरक्षकका रुपमा सन्तबहादुर गुरुङकी जेठी बुहारी कमला गुरुङ रहेकी छन् । सो पुरस्कारको अक्षयकोष रकम हाल दुई लाख ३७ हजार रुपैयाँ रहेको छ ।

देउबहादुरको स्मृतिको पुरस्कार यो वर्ष पहिलो पटक वितरण गर्न लागिएको हो । यो पुरस्कार ठाडोभाकामा विशेष योगदान गर्ने अग्रज व्यक्तित्वलाई प्रदान गर्ने प्रतिष्ठानको निर्णय छ । त्यस्तै सन्तबहादुरको स्मृतिको पुरस्कार ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयोजनमा उपयोग गर्नका लागि ठाडोभाकाको उत्थानमा योगदान गर्ने ४५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई वितरण गरिन्छ ।

यो पुरस्कार विगतका दुई वर्षदेखि वितरण थालिएको हो । पहिलो वर्ष संस्कृति कर्मी एवम् रोधिं टेलिभिजनकी सञ्चालिका एवम् ठाडोभाका गायिका बालकाशी गुरुङलाई प्रदान गरिएको थियो भने गत वर्ष ठाडोभाकाका गायक टसबहादुर गुरुङलाई प्रदान गरिएको थियो ।

कलाकार द्वय धम्पु र शाहीलाई उक्त पुरस्कारका लागि प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको संयोजक तथा ठाडोभाकाका अग्रज गायक अमरध्वज गुरुङ र प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनिया रहेको तीन सदस्यीय समितिले छनौट गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

एकैदिन सुनको मूल्य तोलामा दश हजार ५०० रुपैयाँ घट्यो