अदालतबाट राहत पाएपछि सुटुक्क विवाह गरे गायक बादशाहले

हरियाणा । र्‍यापर बादशाह आफ्नो नयाँ गीत ‘तत्तिरी’का कारण उत्पन्न विवाद र व्यक्तिगत जीवनको नयाँ अध्याय विवाहको कारण एकैसाथ चर्चामा आएका छन् । गीतमा महिलाको अभद्र चित्रण गरिएको आरोप लागेपछि कानुनी झमेलामा तानिएका उनीले यसै साता उच्च अदालतबाट राहत पाए । तथापि कन्सर्टमा अझै जोडिन नसकेका उनले सुटुक्क विवाह गरेका छन् । उनी चाँडै नै अव सांगीतिक कार्यक्रममा समेत फर्कने भएका छन् ।

दुई साता अघि आफूले निकालेको ‘तत्तिरी…’ गीतबाट महिलालाई अपमान गरेको भन्दै उनीमाथि प्रहरी, महिला आयोगदेखि अदालतसम्म उजुरी र मुद्दा दर्ता गरिएको थियो । ‘तत्तिरी…’ गीतले महिलाको मर्यादामा चोट पु¥याएको भन्दै हरियाणा राज्य महिला आयोगमा उजुरी परेको थियो। उजुरीपछि ६ मार्चमा पंचकुलाको साइबर अपराध प्रहरी कार्यालयमा समेत उनी विरुद्ध उजुरी दर्ता गरिएको थियो । आयोगले मार्च १३ मा थप कारबाहीका लागि निर्देशन समेत दिएको थियो । गीतमा विद्यालयजस्तो परिवेशलाई ‘वधशाला’का रूपमा प्रस्तुत गरिएको र महिला पात्रहरूको पोसाक तथा प्रस्तुतीकरणप्रति आपत्ति जनाइएको थियो।

उक्त मुद्दामा बादशाह प्रहरी अनुसन्धानमा समेत सहभागी भएका थिए। सोधपुछपछि उनी जमानतमा रिहा भएका हुन्। प्रहरीका अनुसार सामाजिक सञ्जाल र युट्युबमार्फत व्यापक रूपमा फैलिएको बादशाहको गीतले युवामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान जारी राखिएको छ।

सो मुद्दा अनुसार पन्जाब र हरियाणा उच्च अदालतमा भएको सुनुवाइका क्रममा हरियाणा सरकारले बादशाहविरुद्ध जारी गरिएको ‘लुक आउट सर्कुलर’ फिर्ता लिइएको जानकारी दिएको थियो । साथै, महिला आयोगको निर्देशनका आधारमा तत्काल कुनै दण्डात्मक कारबाही नगर्ने’bout पनि अदालतले स्पष्ट पारेको थियो । राज्य पक्षले गायक अनुसन्धानमा सहयोग गरिरहेको र गिरफ्तारी आवश्यक नरहेको बताएपछि न्यायाधीश जगमोहन बंसलले मुद्दा हाललाई खारेज गरिएको घोषणा गरे ।

यसरी अदालतको यो निर्णयसँगै गायक बादशाहलाई राहत मिलेको हो । केही समय यताबाट प्रेम सम्बन्धमा रहेका गायक बादशाहले यही मौकामा यति बेला विवाह गरेका हुन् ।

यता, विवादकै बिच बादशाहले पन्जाबी अभिनेत्री इशा रिखीसँग गोप्य रूपमा दोस्रो विवाह गरे । विवाहको खबर सार्वजनिक भएपछि उनको व्यक्तिगत जीवन फेरी चर्चामा आएको छ । विवाहका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सार्वजनिक भएका तस्बिरहरूमा बादशाह जैतुन रंगको हरियो कुर्तामा र इशा रातो विवाहित पोसाकमा देखिएकी छिन्। परिवार र निकट साथीहरूको उपस्थितिमा साधारण समारोहबिच उनीहरूले विवाह गरेको तस्बिरले जनाउँछ । यो बादशाहको दोस्रो विवाह हो, उनको यस अघि एक पटक सम्बन्ध विच्छेद भइसकेको छ । पहिला आदित्य प्रतीक सिंह सिसोदियाको नामले पनि चिनिने बादशाहले जस्मिन मसिहसँग पहिलो विवाह गरेका थिए। उनीहरूले २०१२ मा विवाह गरेका थिए। यद्यपि, पाँच वर्षपछि २०१७ मा यी जोडी अलग्गिए । त्यसपछि २०२० मा यी दुईले दाम्पत्य सम्बन्ध विच्छेद गरे । पूर्व जोडीको जेसेमी मसिह सिंह नामकी छोरी पनि छिन् ।

यसरी एकातिर गीतको विवादले कानुनी चुनौती थपेको छ भने अर्कोतर्फ विवाहले उनको व्यक्तिगत जीवनमा नयाँ मोड ल्याएको छ। यी दुई घटनाले बादशाहलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?