रामप्रसाद राई गाउँपालिका र कन्काई नगरपालिकाबीच उपाधि भिड्न्त

धनकुटा । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भोजपुरको रामप्रसाद राई गाउँपालिका र झापाको कन्काइ नगरपालिका भिड्दै छन् । हिले भलिवल क्लवको आयोजनामा जारी कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरिय भलिवलको फाइनल खेल शुक्रबार दिउँसो १ बजेबाट हिले खेलमैदानमा हुनेछ । बिहीबार भएका सेमिफाइनलबाट भोजपुरको रामप्रसाद राई गाउँपालिकाले धनकुटाको पाख्रिवास नगरपालिकालाई र झापाको कन्काइ नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेमीफाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका धनकुटाको पाख्रिवास नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । रामप्रसाद राई गाउँपालिकाले पाख्रिबास नगरपालिकालाई २५—१६, १५—२५, २२—२५, २७—२५, १५—११ को सेटले पराजित गरेको हो । बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिका भोजपुरको षडानन्द नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। कन्काइ नगरपालिकाले षडानन्द नगरपालिकालाई १७—२५, २५—२३ र २५—१८ र २५—१९ कोसेटले पराजित गरेको गरेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका ९ वटा पालिकाको सहभागिता रहेको थियो । धनकुटाको हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?