धनगढीका एक सहित सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई वर्षीय मृतक बालिका र उनकी २३ बर्षीया आमा, धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भईसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना संक्रमितको उपचार भईरहेको छ । यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष १६ औँ दिनमा कोरोना जित्दै हिजो डिस्चार्ज भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 513 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला